झापा, फागुन ६ । गत बर्षको तुलनामा झापामा यस बर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र झापाको तथ्यांक अनुसार जिल्लामा गत बर्षको तुलनामा यस बर्ष ३ प्रतिशतले धान उत्पादनमा गिरावट आएको हो ।
यस बर्ष जिल्लाभरी ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेति भएको थियो । तर शुरुवाती कात्तिकमा भएको अविरल बर्षाले जिल्लाभरी कै धानखेतिमा ठुलो प्रभाव पा¥यो । जसको परिणाम स्वरुप समग्र धान उत्पादनमा नै गिरावट आएको हो ।
ज्ञान केन्द्रको तथ्यांक अनुसार यसबर्ष प्रतिहेक्टर ५ दशमलव २० मेट्रिक टनका दरले धान उत्पादन भएको हो । तर अविरल बर्षाका कारण ४६ हजार ६ सय २९ मेट्रिक टन धान भने पुर्ण रुपमा नष्ट भयो ।
यसरी लगातारको बर्षाका कारण धानबालीमा क्षति पुग्दा समग्र धान उत्पादन घटेको हो । बर्षाका कारण भएको क्षति कटाएर यसबर्ष जिल्लामा ४ लाख ८ हजार ३६१ मेट्रिक टन धान उत्पादन भएको छ ।
जुन गत बर्षको तुलनामा ३ प्रतिशतले कम हो । गत बर्ष ४ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रसगँ तथ्यांक छ । गत बर्ष पनि जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमै धान रोपाइँ भएको थियो ।
यता ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले धान उत्पादन घटेपनि उत्पादकत्व भने बढेको बताउनुभयो । ‘उत्पादन घटेको देखिएपनि उत्पादकत्व भने बढेको हो, तर बर्षाले बालीमा क्षति गर्दा उत्पादकत्व बढेको अर्थ भएन’ उहाँले भन्नुभयो ‘बर्षाका कारण क्षति नभएको भए यस बर्ष धान उत्पादन बढ्ने थियो ।’
बर्षाका कारण क्षति व्यहोरेका किसानले अझै पाएनन् राहत
लगातारको अविरल बर्षाका कारण ठुलो क्षति व्यहोरेका किसानले अझै राहत पाउन सकेका छैनन् । लगातारको बर्षाले धेरै किसानको धानबाली नष्ट गरेको थियो । काट्न तयारी अवस्थामा पुगेको धान कतै डुबानमा परेको थियो त कतै खेतमै उम्रिएको थियो ।
त्यतिबेला राज्यले तत्काल राहत उपलब्ध गराउने निर्णय पनि ग¥यो । तर किसान आजपनि सोहि राहतको अपेक्षामा छन् । यस विषयमा कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहसगँ बुझ्दा उहाँले राहत वितरणका लागि आवयश्यक प्रक्रिया जारी रहेको बताउनुभयो ।
‘स्थानीय तहले क्षतिको विवरण संकलन गरिरहेका छन्, सरकारले निर्धारण गरेको मापदण्ड अनुसार विवरण संकलन भइरहेको छ ।’ उहाँले भन्नुभयो ‘अब चाँडै राहत वितरण हुन्छ ।’