इटाभट्टा, भदौ २८ ।
आज झापाका एक जनामा मात्रै कोरोना संक्रमण पुष्टी भएको छ । झापा शिवसताक्षी ५ का एक स्थानीय महिलालाई आज कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
प्रदेश १ मा आज झापाका १ सहित मोरङ ७१, सुनसरी ३, उदयपुर १, खोटाङ २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा आज १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गर्दा १०३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । आज १०३९ जना थपिदा कोरोनाका कुल संक्रमितको संख्या ५४१५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११७३ जना संक्रमण मुक्त हुँदा नेपालमा कोरोनाको संक्रमण पछि स्वस्थ हुनेको संख्या ३८६९७ पुगेको छ । जुन कुल संक्रमितको ७१.५ रहेको छ ।
कोरोना सक्रिय संक्रमितको रुपमा १५११७ रहँदा संस्थागत आइसेलेशनमा ७७३० जना छन् भने घरमै आइसोलेशनमा रहेका कोरोना संक्रमितको संख्या ७३८७ रहेको मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइन रहनेको संख्या ६५३६ रहँदा आइसियूमा रहनेको संख्या १६९ छ भने भेन्टिलेटरमा रहेर उपचार गराउनेको संख्या २३ रहेको मन्त्रालयले जनाएको छ ।
आज ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङका ६९ बर्षीय एक पुरुष सहित ३ महिला र ६ पुरुष रहनु भएको छ ।
योसगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोनाका कारण हुने मृत्यु प्रतिशत ०.६४ रहेको छ ।