काठमाण्डौ, माघ १४ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाउनुभएको थियो । सभापति शेरबहादुर देउवा सहित पदाधिकारी र शीर्ष नेताहरू रहेको कार्यसम्पादन समिति बनाइएको छ ।
कार्यसम्पादन समितिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा सदस्य रहेका छन् । यस्तै, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्द ढुंगाना पनि कार्य सम्पादन समिति सदस्य रहेका छन् ।
काँग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ । कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी निर्णय लिन सक्ने छ ।