धुलाबारी, पुस २९ । मेचीनगर लेडी जेसीजको आठौँ पद हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारीमा सम्पन्न कार्यक्रमकाबिच लेडि जेसीजकी सन २०२१ की अध्यक्ष शुशिला खतिवडाले सन २०२२ का लागि निर्वाचित अध्यक्ष सिता पुरीलाई अध्यक्षको पद हस्तान्तरण गर्नु भएको थियो ।
लेडि जेसीजका साधारण सभाले अध्यक्षमा पुरी सहित कार्यकारीणी उपाध्यक्षमा रेजिना श्रेष्ठ र बबिता प्रसाई, उपाध्यक्षहरुमा जीन श्रेष्ठ, अनु कटुवाल, रश्मी प्रधान र कला खरेल शिवाकोटी सर्बसम्मत निर्वाचित गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष सीता पुरीले पद हस्तान्तरण समारोहमा सन २०२२ का लागि महासचिवमा पबित्रा बिमली, कोषाध्यक्ष गीता ओझा, कानूनी सल्लाहकार तुलसा दङगाललाई मनोनयन गर्नु भएको थियो । कार्यक्रमकै बिच निर्वाचित र मनोनित सबै पदाधिकारीहरुले सपथग्रहण समेत गर्नु भएको थियो ।
लेडि जेसीजकी अध्यक्ष शुशिला खतिवडाको सभापतित्वमा सम्पन्न पद हस्तान्तरण समारोहका प्रमुख अतिथि नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जेसीज मार्फत युवाहरुलाई उद्यमशीलतामा जोड्ने बताउनु भयो ।
विशिष्ट अतिथिमा मेचीनगर नगरपालिकाकी उप–प्रमुख मीना उप्रेतीले महिला शसक्तिरकणका लागि लेडि जेसीजले सकारात्मक भुमिका खेलेको बताउनु भयो । कार्यक्रममा मेचीनगर लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मा, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजिव प्रसाईं, राष्ट्रिय निरुपित उपाध्यक्ष कुमारसिंह साँवा, राष्ट्रिय अध्यक्षका प्रेस सल्लाकार हरिस भट्ट, राष्ट्रिय महासचिव कृष्ण सापकोटा लगायतको उपस्थिती थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सन २०२१ की कार्यकारी उपाध्यक्ष अनिता खनाल गुरागाईले गर्नु भएको थियो भने सन २०२१ की महासचिव सीता पुरी र सन २०२२ की महासचिव पबित्रा प्रसाईले आलोपालो गरेर कार्यक्रमको संचालन गर्नु भएको थियो ।
पदहस्तान्तरण कार्यक्रमकै बिच लेडि जेसीजमा स्थापना गरिएका दुई वटा पुरस्कार समेत बितरण गरिएको थियो । पर्शुराम सावित्री उत्कृष्ट सदस्य अवार्डद्वारा सन २०२१ का लागि बबिता पनेरु प्रसाईंलाई सम्मान गरिएको थियो भने जयन्ती बराल स्मृति अवार्डद्वारा पवित्रा बिमली प्रसाईंलाई सम्मान गरिएको थियो ।