जतिबेला हामीले पुर्वी नाकामा कोरोना नियन्त्रणका लागि काम शुरु गरेका थियौं त्यस बेला गाउँ घर समाज जताततै कोरोना कहर थियो । कोरोना भाइरस (कोभिड १९) ले जताततै प्रभाव पारेको अवस्था थियो रेडियो सुन्दा, टिभी हेर्दा कोरोनाकै कुरा गरेको पाइथ्यो । कोभिड १९ को प्रभाव अन्यत्र झै मैले काम गर्ने क्षेत्रमा झन बढी परेको थियो किन भने भारत र नेपाल जोड्ने पुर्बी सिमा नाका काकरर्भिट्टामा नेपाल रेडक्रस सोसाइटी झापा शाखाबाट म लगायत अन्य १५ जना कोभिड भोलेन्टियर खटिएका थियौ । सहयोगी मित्रतालाई प्रगाढ बनाउनका लागि, हातमा हात मुखमा मुख, स्वरमा स्वर, एउटै वोलि एउटै भाब भएको नङ र मासुको सम्बन्ध रहेका एवं उसलाई दुख्दा मलाई पनि दुख्छ भन्ने सोचेर हामीले हाम्रो कामलाई बिगत ९ महिना देखि निरन्तरता दिइरहेका छौं । यस माहामारीको समयमा हामीलाई आवश्यक पर्ने मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री आवश्यकता अनुसार उपलब्ध गराइदिनु हुने नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी र सशस्त्र प्रहरी काकरभिट्टा प्रती हार्दिक धन्यवाद दिन चाहान्छौ ।
भोलेन्टियर (स्वयंसेवक) के हो ?
भोलेन्टियर (स्वयंसेवक) भनेको व्यक्ति वा समूह हो जसले स्वतन्त्र रूपमा सामुदायिक सेवाका लागि श्रम र समय दिने स्वैच्छिक कार्य हो । जुन कार्य गर्नका निमित्त सर्व प्रथम उनीहरूले काम गर्ने क्षेत्रहरूमा उनीहरूलाई तालिम प्रदान गरिन्छ । जस्तै आपत्कालिन उद्दार, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्र हुन सक्छन ।
भोलेन्टियर (स्वयंसेवक) कार्य आफैमा एक विशिष्ट कार्य हो जसले समाज तथा समुदायमा सकारात्मक प्रभाव पार्नुका साथै स्वयम भोलेन्टियर (स्वयंसेवक) गर्ने व्यक्ति वा समूहलाई समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । जब तपाई भोलेन्टियर (स्वयंसेवक) बन्नु हुनेछ तव भोलेन्टियर (स्वयंसेवक) कार्यले तपाइलाई अरूसँग जोड्नेछ । भोलेन्टियर कार्यले साना साना कार्यहरूमा पनि मद्दत गर्नाले मानिसहरू, जनावरहरू साथै विभिन्न संस्थाहरूको जीवनमा वास्तविक फरक पार्न सक्छ । भोलेन्टियर भई सेवा गर्नु भनेको दुई तर्फि फाइदा हुने कार्य हो जसले तपाइको वृद्धि विकास त छँदैछ त्यस बाहेक पनि तपाइको परिवारलाई त्यति नै फाइदा पुर्याउन सक्छ जुन तपाइले भोलेन्टियर भई विभिन्न कामका लागि आफूले मद्दत तथा योगदान गर्न आफू भोलेन्टियर हुन रोज्नु भएको कारण नै हो । एक स्वयंसेवकको रूपमा आफ्नो समय समर्पण गर्दा तपाईलाई नयाँ साथीहरू बनाउन, आफ्नो नेटवर्क विस्तार गर्न, र तपाईको सामाजिक सीपहरू बढाउन मद्दत गर्दछ । भोलेन्टियर (स्वयंसेवक) भनेको नयाँ मानिसहरूलाई भेट्ने उत्तम तरिका हो, विशेष गरी यदि तपाई कुनै क्षेत्रमा नयाँ हुनुहुन्छ भने भोलेन्टियर कार्यले समुदायसँगको तपाइँको सम्बन्धलाई सुदृढ बनाउँछ र तपाइँको समर्थन सञ्जाललाई फराकिलो बनाउनका साथै तपाइँलाई साझा चासो रहेका विषयहरू साथै गतिविधिमा अब्बल बनाउदछ ।
भोलेन्टियर कार्यले तपाइँलाई तपाइँको सामाजिक सीपहरू अभ्यास गर्ने र विकास गर्ने अवसर दिन्छ, किनकी तपाइँ सामान्य चासो भएका व्यक्तिहरूको समूहसँग नियमित रूपमा भेट्नुहुन्छ । एकचोटि तपाईले गति लिएपछि, सामाजिक कार्य तथा विभिन्न कार्यका लागि बाहिर निस्कन र थप साथीहरू र सम्पर्कहरू बनाउन सजिलो हुन्छ । भोलेन्टियर कार्यले तपाइलाई मानसिक र शारीरिक दुवै स्वास्थ्यका लागि धेरै फाइदाहरू प्रदान गर्दछ । उक्त कार्यले तपाइको आत्मविश्वास, आत्मसम्मान, र जीवन सन्तुष्टिको लागि स्वस्थ बुद्धि प्रदान गर्न सक्छ । तपाई अरू र समुदायको लागि राम्रो गर्दै हुनुहुन्छ, जसले उपलब्धिको प्राकृतिक भावना प्रदान गर्दछ । भोलेन्टियर रूपमा तपाईंको भूमिकाले तपाईंलाई गर्व र पहिचानको भावना पनि दिन सक्छ र तपाई आफ्नो बारेमा जति राम्रो महसुस गर्नुहुन्छ, तपाईंको जीवन र भविष्यका लक्ष्यहरू प्रति सकारात्मक दृष्टिकोण राख्ने सम्भावना त्यति नै बढी हुन्छ । साथै डिप्रेसनको जोखिम कम गर्नु भोलेन्टियर कार्यको अर्को महत्त्वपूर्ण फाइदा हो । उक्त कार्यले तपाइलाई अरूसँग नियमित सम्पर्कमा राख्छ र तपाइलाई एक ठोस समर्थन प्रणाली विकास गर्न मद्दत गर्दछ, जसले तपाइलाई चुनौती पूर्ण समयबाट गुज्रिरहेको बेला तनाव र डिप्रेसनबाट बचाउँछ ।
स्वयंसेवकले तपाइलाई शारीरिक रूपमा स्वस्थ रहन मद्दत गर्दछ । अध्ययनले यो पनि पत्ता लगाएको छ कि अरू मानिसको तुलनामा स्वास्थ्य जस्ता कारकहरूलाई विचार गर्दा भोलेन्टियर कार्य गर्ने मानिसहरूको मृत्युदर अरूको तुलनामा कम रहेको छ । त्यसैले भोलेन्टियर कार्यले तपाई, तपाइको परिवार साथै समग्र समाज साथै समुदायलाई फाईदा पुग्दछ ।
आजको युग व्यक्तिगत स्वार्थको व्यक्तिवादी युग हो । पूँजीवादी समाजमा निस्वार्थ सेवाको कुरा गर्नु बेकार हुन्छ । उपभोक्तावादी संस्कृतिले निस्वार्थ सेवालाई उपेक्षा गर्दछ । निस्वार्थी मानिस काम, क्रोध, लोभ, मोह र अहंकारबाट मुक्त हुन सक्दछ । मानिसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाप कार्य गरिरहेको हुन्छ । निस्वार्थी मानिस विद्या, आचरण र धर्मले सम्पन्न हुन्छ । बोली अनुसारको व्यवहार गर्दछ । नेपालको सन्दर्भमा निस्वार्थ सेवा गर्नेको संख्या निकै कम छ । निस्वार्थ सेवाको उदाहरण नेपाल धर्तीमा गौतम वुद्धले दिनु भएको छ । सेवाका नाममा नेपालमा व्यापक शोषण छ । हिन्दू धर्म दर्शनले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम’ भनेको छ । क्रिश्चियन धर्मले ‘असहाय, पीडित, दीन–दुस्खी मानिसको सेवा नै भगवानको सेवा हो’ भनेको छ । वर्तमान संसारमा कलियुगका प्रतापका कारण विकास सँगै विनास पनि भइरहेको छ । ‘जहाँ पाप त्यहाँ क्षणिक फलिफाप’ पनि देखा परेको छ । निस्स्वार्थ सेवा गर्न खोज्नेको निन्दा, उपेक्षा र स्वार्थी सेवा गर्नेको प्रशंसा, मान सम्मान भइरहेको पाइन्छ । युगले काँचुली फेर्दै जाँदा सेवा क्षेत्रमा लागेका मानिस पनि रंगीचंगी देखिन थालिएको छ ।
हामीले भोलेन्टियरको रूपमा काम गरिरहदा मेचीनगर नगरपालिकाले प्रकाशित कोभिड १९ सङ्क्रमित सम्बन्धित विवरणको आधारमा नगरभित्र ३०० बढी सङ्क्रमित हुनुहुन्थ्यो । गाउँघरमा पुर्ण लकडाउन भन्दा पनि समुदायमा बिना सावधानी तथा लकडाउनको उलङ्घन गर्ने धेरै देखिन्थिए । काम विशेषले अथवा अरु नै कामले भारतबाट नेपाल प्रवेश गर्ने मानिसको संख्या दैनिक करीब १०० भन्दा बढी नै हुन्थ्यो । भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरि करीव २५ देखि ३० जना क्षमताको छुट्टै स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर निर्माण गरिएको छ, होल्डिङ्ग सेन्टर परिसरमै सुविधा सम्पन्न महिला तथा पुरुषका लागि छुट्टाछुटै शौचालय, छुट्टै स्तनपान कक्ष र मानिसहरुलाई केहीबेर आराम गर्न बस्नकै लागि ब्रेञ्चहरु राखिएका थिए, तेस्तै भारतलगायत अनय मुलुकबाट काँकरभिट्टा नाका भएर नेपाल फर्कने हरेक मानिसका लगेजको डिसइन्फेक्सन टनेलबाट शुद्घिकरण, विहान नाका खुलेदेखि राति नेपाल—भारत सीमा बन्द नभईञ्जेल नेपालतर्फ आउने जो कोहि को लागी मास्कको व्यवस्था, कोभिड विरुद्ध भयाक्सिन नलगाएका नेपाली नागरिकका लागि अन्टिजेन्ट (च्ब्त्) टेस्ट, अन्टिजेन्टमा पोजेटिभ आएको अवस्थामा तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा पुराउने ब्यवस्था, जस्तै झोला, ब्याग निसन्क्रमण गर्ने, भारतबाट नेपाल प्रवेश गर्ने मानिस को नाम उमेर ठेगाना फोन नम्बर आदि अभिलेखिकरण गर्ने स्वास्थ्य सेवा थर्मल गन, अक्सिमिटरबाट चेकजाच गर्ने, होम आइसोलेसनमा बस्नु भएका गाउघरका सन्क्रमितहरु लाई हौसला प्रदान गर्ने वाहाँहरुको स्वास्थ्य अबस्थाका बारेमा सोधपुछ गर्ने आदि जस्ता कार्यहरु हामी नियमित बिहान ७ बजेबाट साझ ७ बजेसम्म गर्दै आइरहेका छौ ।
यस्तो अवस्थामा पनि सामाजिक संजालमा सङ्क्रमितहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्नेहरु र मरेको २ मिनट नहुदै हार्दिक श्रद्धान्जलि दिएर बडो शुभचिन्तक बनी पोस्ट गर्ने हरुको भिडमा हामी स्थानीय युवा स्वच्छ मनले आफ्ना आफन्त र गाउँ अनि जनतालाई कोरोनाबाट बचाउने काममा सरकारको भार कम गर्न खटिरहेको कुराको प्रोत्साहन गर्न र हामीसंग यस भोलेन्टियर कार्यलाई र हाम्रो कोभिड हेल्प डेक्स र होल्डिङ्ग सेन्टरलाई कसरी सुरक्षित बनाएर हामीले गरिरहेका सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने विषयमा हामी संग जोडीन आउने हातहरु प्रती हामी हार्दिक आभारी हुनेछौ ।
(लेखिका पौडेल नेपाल रेडक्रस सोसाईटि झापाकी कोभिड भोलेन्टियरका रुपमा काकरभिट्टास्थीत पुर्वी नाकामा कार्यरत हुनुहुन्छ ।)