काठमाण्डौ ।
सोमबार राती ठिक एक बजे । दोलखाको भीमेश्वर नगरपालिका ६ का २३ वर्षका प्रतिक्षा भण्डारीलाई एक्कासी रत्तश्राब हुन थाल्यो ।
सात महिनाको गर्भवती श्रीमतीलाई एक्कासी रुक्तश्राव हुन थालेपछि श्रीमान अभिजित सुवेदी आत्तिनुभयो ।
अभिजितले तत्काल श्रीमतीलाई जिल्ला अस्पताल पु¥याउनुभयो । तर बिहानसम्म पनि रक्तश्राव नरोकिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइसँग समन्वय गरेर नेपाली सेनाको हेलीकप्टरमार्फत् उद्धार गर्ने तयारी भयो ।
अभिजितले भन्नुभयो, ‘अस्पताल ल्याइसकेपछि डाक्टरले अत्याधिक रक्तश्राव भइरहेको सुनाउनुभयो । यस्तो बेला शल्यक्रिया गरेर नै बच्चा निकाल्नुपर्छ, त्यो गर्न हाम्रो अस्पतालको स्रोत साधनले भ्याउँदैन भनेर डाक्टरले भन्नुभयो । बच्चा त निकाल्छौं, तर बच्चा बचाउन सकिंदैन पनि भन्नुभयो । त्यसो भएको हुनाले सरकारले उपलब्ध गराउने निःशुल्क हेलिकोप्टरको व्यवस्था गरेर सुविधा सम्पन्न अस्पताल पु¥याउनुपर्छ भन्नुभयो ।’
प्रतिक्षालाई गाडीमा पु¥याउने नै हो भने पनि कम्तीमा ६ घण्टा लाग्ने अवस्था थियो । त्यसैमा पनि वर्षाका कारण अधिकांश सडक विग्रीएकाले हेलिकोप्टर बोलाउनुको विकल्प थिएन ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ३४ दुर्गम जिल्लाबाट जोखिममा रहेका गर्भवती र सुत्केरी उद्दार गर्छ ।
त्यसपछि जिल्ला अस्पताल दोलाखा र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको समन्वयमा काठमाण्डौबाट हेलिकोप्टर पठाउन आग्रह गरियो ।
जिल्लाबाट बिहान ९ बजे नै खबर आएपनि कागजी प्रक्रिया मिलाउन र मौसम प्रतिकुलका बाबजुत दिउँसो साढे १२ बजे मात्र काठमाण्डुबाट प्रतिक्षालाई लिन नेपाली सेनाको हेलिकोप्टर उड्यो ।
एक बजे दोलखाको चरिकोटमा रहेको नेपाली सेनाको व्यारेकमा पुगेको हेलिकोप्टरले लगत्तै उद्धारको तारतम्मे मिलाएपछि श्रीमान अभिजितको अनुहार चम्किलो देखियो ।
काखमा श्रीमतीलाई राखेर हेलिकोप्टरमा बस्नुभएका अभिजितले खुशी हुँदै भन्नुभयो, ‘हामीजस्तो मान्छेले यस्तो सुविधा पाउनु एकदमै खुशीको कुरा हो । जिल्लामा सम्भव छैन भन्ने बित्तिकै मेरो सात्तो गएको थियो । तर जब हेलिकोप्टर बोलाउने कुरा भयो, मलाई त विश्वास नै लागेको थिएन । तर जब हेलिकोप्टर आफ्नै नजिक आएर बस्यो । मेरो त खुशीको सीमा छैन । अब बेलैमा सुविधा सम्पन्न अस्पताल पुगेपछि मेरो श्रीमती र बच्चाको ज्यान जोगिने भयो । यो नै मेरो श्रीमती र बच्चाको पुर्नजन्म हो । ’
पहिलो गर्भाअवस्थाममै ज्यान जोखिममा परेकी प्रतिक्षाको जीवन बाँच्ने लगभग पक्का भएपछि हेलिकोप्टर हेर्न पुगेका छिमेकीले खुशीले ताली नै बजाएका थिए ।
२० महिनामा एक सय २३ जनाको उद्धार गरिएको छ ।
प्रतिक्षाका कान्छा ससुरा बुबा मुकुन्द सुवेदीले भन्नुभयो, ‘हामीलाई असाध्यै खुशी लागेको छ, यदि हेलिकोप्टर आउने सुविधा नभएको भए हामी काठमाण्डौ कसरी बुहारीलाई पु¥याउन सक्थ्यौ ? अनि हाम्रो र बुहारीको हालत के हुन्थ्यो होला, त्यो त कल्पना नै गर्न सक्दैनौं । जे होस्, हामी जस्ता गरिबको कोइ नभइ पनि सरकार रहेछ भन्ने लागेको छ । अब हेलिकोप्टर नै लिन आएपछि पक्का पनि हाम्रो बुहारीलाई केही पनि हुँदैन । ठिक ठाउँमा पुगेपछि सब ठिकठाक हुन्छ । ’
लिन जाँदा ३० मिनेट लागे पनि मौसम खराबीका कारण फर्किन भने करिब ४० मिनेट लाग्यो । काठमाण्डौमा हेलिकोप्टर बस्दै गर्दा प्रतिक्षाले उद्धार टोलीतिर फर्केर १० औंला जोड्दा अब त म बाँच्छु भन्ने संकेत गरेको देखिन्थ्यो । काठमाण्डुमा ल्याएपछि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीको उपचार अघि बढेको छ । सोमबार नै बाजुराको जगन्नाथ गाउँपालिकाका २१ वर्षका संगीता भण्डारीको पनि उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ३४ दुर्गम जिल्लाबाट जोखिममा रहेका गर्भवती र सुत्केरी उद्दार गर्छ ।
हिमाली तथा दुर्गम क्षेत्रका संखुवासभा, भोजपुर, खोटाङ, मनाङ, मुस्ताङ, अछाम, बाजुरा, हुम्लालगायत ३० जिल्लामा पूर्ण रूपमा र सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ गरी चार जिल्लाका २० गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिला उद्धार कार्यक्रम लागू भएको छ ।
२० महिनामा एक सय २३ जनाको उद्धार गरिएको छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी हवाइ उद्दार गर्ने कार्यविधि २०७५ साल पुष ६ गतेदेखि लागू भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्व इकाइ प्रमुख अन्जु ढुंगानाले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार पुष ६ गते हुम्ला जिल्लाको सदरमुकामदेखी चार दिन पैदल हिडेर पुगिने चंखेली गाउँपालिका वडा नम्बर चारका निशा शाहीलाई उद्धार गरेर कार्यक्रम सुरु भएको हो ।
हिमाली तथा दुर्गम क्षेत्रका संखुवासभा, भोजपुर, खोटाङ, मनाङ, मुस्ताङ, अछाम, बाजुरा, हुम्लालगायत ३० जिल्लामा पूर्ण रूपमा र सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ गरी चार जिल्लाका २० गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिला उद्धार कार्यक्रम लागू भएको छ ।
गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सत्केरी व्यथा लागेपछि दुर्गम ठाउँमा उपचार नपाएर बाटैमा मृत्यु हुन्थ्यो । सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा, कतिले उपचार कुर्दा कुर्दै मृत्युबरण गर्नुपथ्र्यो ।
सरकारले ऐयर एम्बुलेन्स सेवा सुरु गरेपछि सयौं गर्भवती र सुत्केरीलाई कालको मुखबाट खोस्न सकिएको छ ।