बिर्तामोड, पुष २५ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले अब लगातार तीन वटा प्रतिनिधि सभाको निर्वाचन जितेर १५ बर्ष एकल सरकार बनाउने गरी तयारी थाल्न जिल्लास्थीत नेता तथा कार्यकर्ताहरुलाई आव्हान गर्नु भएको छ ।
काँग्रेस झापाले बिर्तामोडमा आयोजित पार्टीका प्रदेश र केन्द्रिय तहमा निर्वाचितहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री शर्माले भन्नुभयो, ‘एउटा निर्वाचन जित्ने, अर्को निर्वाचन हार्ने काँग्रेस होईन अब लगातार तीन वटा प्रतिनिधि सभा निर्वाचन जित्ने काँग्रेस बनाउनु पर्छ ।’
आम नेपालीका सबै खाले चाहान र आकाक्षा पुरा हुने गरी काम गर्न कम्तिमा १५ बर्ष नेपाली काँग्रेसको एक सरकार चाहिने भन्दै शर्माले त्यस तर्फ सबै नेता कार्यकर्ता लाग्न पनि निर्देशन दिनु भयो ।
‘अधिवेशनमा कसले कुन पद पायो त्यो प्राविधिक कुरा हो,’ महामन्त्री शर्माले भन्नुभयो, ‘अब पद पाउने र नपाउने सबैले आ आफ्नो जिम्मेवारी पुरा गरेर पार्टी संगठन बलियो बनाउन लाग्नुहोस ।’ संविधानलाई बलियो बनाउने काम पनि काँग्रेस कै भएको शर्माले बताउनु भयो ।
काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका पुराना नेता तथा पुर्व सांसद डिल्ली सिटौलाले शक्ति जनतामा रहेको बताउदै जनताले काँग्रेसलाइ कसरी हेछ्र्न भन्ने बुझेर जनता केन्द्रित कार्यक्रम लिएर गाउगाउँमा जान कार्यकर्तालाई आह्वान गर्नु भयो ।
कार्यक्रममा बोल्दै काँग्रेसका अग्रज नेता तथा झापाका पुर्व सभापति पुर्णानन्द शर्माले कृष्ण सिटौला र विश्वप्रकाश शर्मा एकै ठाउँमा उभिएर झापाको संगठन पुर्ननिर्माण गर्ने हो भने झापामा काँग्रेसको कुनै पनि उम्मेद्वार पराजित नहुने बताउनु भयो ।
कार्यक्रमा केन्द्रिय सदस्यहरु केबशकुमार बुढाथोकी, सरिता प्रसाई, शुशिला ढकाल, महेन्द्रा कुमारी सुब्बा, राष्ट्रिय सभाका उम्मेद्वार गोपालकुमार बस्नेत, काँग्रेस प्रदेश १ का सभापति उद्धब थापा लगायतले नेताको पछि होईन गाउँ गाउँमा जनताको बिचमा जान आव्हान गर्नु भएको थियो । नेताको पछि कुद्नेले निर्वाचनमा टिकट नपाउने समेत नेताहरुले बताएका थिए ।
बिर्तामोडस्थीत काँग्रेस जिल्ला पार्टी कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रमा काँग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले स्वागत मन्तब्य तथा केशबराज पाण्डेले औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रम काँग्रेस झापाका सचिव कृष्ण हुमागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।