बिर्तामोड, पुष १० । आदिवासी जनजाति पत्रकार संघ (फोनिज) झापाको अध्यक्षमा पत्रकार भुमिका सुब्बा चयन हुनु भएको छ । फोनिज झापाको आज सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा सुब्बा सहित उपाध्यक्षमा सविना राई, सचिव तिलक योञ्जन, सहसचिव बिन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा प्रतिक्षा राजबंशी, सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बु, एकराज प्रधान, सुजन प्रधान र धनकुमार लावतीलाई चयन गरेको छ ।
जिल्ला अधिवेशनले प्रादेशिक महाधिवेशन प्रतिनिधि र संघिय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सेसेहाङ फ्याक, कविध्वज राई, साजन राई, सलिना राई, स्वर्णिमा राई, सुमन बेघा, मिना नेम्वाङ्ग, निरन राई, लिला राई, सौरभ मुखिया ए, सौरभ मिखिया बिलाई चयन गरेको छ ।
त्यसैगरी संघीय महाधिवेशन प्रतिनिधिहरुमा देशराज नेम्वाङ्ग, भारति राई, रमेश समदर्शी राई, गणेशमान मुखिया, विशाल नेम्वाङ्ग, यज्ञराज सुब्बा (बिष्णु) र आनन्द गुरुङलाई चयन गरेको फोनिज झापाले जनाएको छ ।