राजनीतिमा लामो समय समाज र देशलाइ सेवा पु¥याएर, जीवनको सम्पूर्ण समय राजनितीमै व्यतित गरेका राष्ट्रिय नेतृत्वलाइ आम मानिसले लामो समयसम्म सम्झिरहन्छन । कुनै पनि नेतृत्व राजनितिक जीवनका दौरानमा महत्वपूर्ण चरणहरूलाइ पार गर्दै हिडीरहेका हुन्छन । सुरुवाती चरणबाट अति व्यस्त अनि सक्रिय चरण पार गर्द अंततः अन्तिम चरणमा पुग्छन ।
राजनितिक नेतृत्वलाइ पछिसम्म आम मानिसले सम्झिने महत्वपूर्ण कड़ी भनेको चाहि उसले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा कÞस्तो कर्म गरे भन्नेले नै निर्धारण गर्छ । आदरणीय नेता गिरीजा प्रसाद कोइरालाले जिवनको उत्तरार्ध माओवादी जनयुद्धलाइ शान्तिपूर्ण अवतरण गर्नेमा पु¥याउनुँ भएको नेतृत्वदायी भूमिकाले गर्दा उहाँ नेपाली जनताको सम्झनामा रहीरहनु भएको छ । त्यस माथी पार्टी फुटाएर अलग भएका वर्तमान सभापति शेर बहादुर देउबासँग फेरी पार्टी एकता गरी काग्रेसलाई एक बनाउने कर्मको पनि नेतृत्व उहाँले नै गर्नु भयो । संगसगÞै नेता सुशिल कोईरालाले पनि राजनितिक जीवनको अन्त्यतिर आइपुग्दा संबिधान निर्माणमा पु¥याउनु भएको नेतृत्वदायी भूमिकाले उहाँ आम जनता माझ अमर हुनूहुन्छ । राजनीतिक जीवनको अन्त्यमा आइपुग्दाको सहि कर्मले नेतृत्वलाइ आम कार्यकर्ता बिच अमर बनाउछ, अजर बनाउछ ।
हाल नेपाली काग्रेस १४ औ राष्ट्रिय महाधिबेशनमा होमीएको छ । काँग्रेस भित्रका राष्ट्रिय नेतृत्वले बिभिन्न पदमा आफुलाई उम्मेदवारको रूपमा प्रस्तुत गरीसक्नु भएको छ । तर , यो पटक झापाली काग्रेसका नेता एवंम राष्ट्रिय राजनीतिका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले यो महाअधिवेशनमा कुनै पनि पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नु भएको छैन । जारी महाअधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी प्रस्तुत नगरेर उहाँ आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा हुनुहुन्छ भन्ने स्पष्ट संकेत प्रस्तुत गरीसक्नु भएको छ । तर , राजनीतिक विभिन्न घुम्ति, उतार अनि चड़ाव पार गरीसक्नु भएको आदरणीय नेता कृष्ण प्रसाद सिटौलाले १४ औ महाधिबेशनमा अंगाल्नु भएको कर्मलाइ आम कार्यकर्ताले कसरी लिनेछंन ? अहिलेको प्रमुख प्रश्न यहि हो ? अझ झापामै बसेर झापा कै भूमिमा पुग÷ नपुग–थोर÷ बहुत राजनितिमा डूबुल्कि मार्दै गरेका हामी जस्ता कार्यकर्तालाई प्रमुख चांसो को विषय पनि हो । समग्रमा बुझ्दा उहाँको १४ महाअधिवेशनको कर्म भनेको गगन थापा माथी बदला अनि बिश्वप्रकाश शर्मा लक्षित खेदाइ मै निहित भएको प्रष्ट देखिएको छ । राजनितीको सामान्य ज्ञान भएको मानिसलाइ नेता सिटौलाको यो कर्म घाम जतीकै छर्लङ्ग छ ।
आफ्नो राजनितिक जीवनकै सम्पूर्ण उर्जा, साधन र संयन्त्र बदला र कुण्ठा ग्रसित खेदाइमा प्रयोग गरेको आदरणीय नेताको यो कर्मलाइ भोलीको काग्रेसीजनले कसरी सम्झिने छंन ? पक्कै पनि अन्य बरिस्ठ नेताको जस्तै समान ऊँचाईमा राखेर उहाँलाइ हेरिने छैन होला र हेरिदैन पनि । अधिवेशन कै दौरानमा “म सग हिड्नेलाइ उचित स्थानमा पु¥याउँछु” भन्ने उद्घोष गर्नु भएका सिटौलाको यो अभिव्यक्ति नै कुण्ठाग्रस्त र बदलाभावले प्रेरित छ भन्ने प्रष्ट हुन्छ । म सग हिड्नेलाई स्थान दिन्छु भन्नु भनेको मेरो विचारमा फरक मत राख्नेलाइ बाँकी पनि राख्दिन भन्न खोजेर सालिन धम्की पनि दिनु भएको प्रस्ट छ । अत..पछिल्लो समयको निर्वाचनमा झापा किन निल भयो, सजिलै अनुमान लाउन सकिन्छ । उहाँको कदम १४ औ महाअधिवेशनसम्म आइपुग्दा “हम तो डूबे हैं सनम तुम को भी ले डूबेगे” बाट प्रेरित देखिन्छ । झापाली काग्रेसलाइ यो भन्दा ठुलो अन्याय र धोका केही हुँन सक्दैंन । श्रदेय नेतालाई अबको दिनमा झापाली काग्रेसका आम मतदाताले कसरी बुझ्लान ? हेर्ने बाँकी छ । सकारात्मक त पक्कै लिने छैनंन ।
राजनितीमा जे देखिन्छ त्यो हुदैन । हुने चाहि फेरी देखिदैंन । हामी सोचौला झापा काग्रेस तेस्रो धारको पकडमा छ, प्रदेशमा तेस्रो धारको नेतृत्व छ, केन्द्रमा हुनेछ । यो देखिएको कुरा हो । तर वास्तवमा काग्रेस भित्रको भनिएको तेस्रो धार (सिटौला समूह) १४ औ महाअधिबेशनबाट विधिवत रूपमा देउवा समुहसग बिलिन भयो । पुरापुरी मर्जÞ भयो । बिलिन हुदै गर्दा यस्ले सम्भवत अन्तिम प्रहार चाहि गगन थापा सहित झापाका अर्का यूबा नेता विश्वप्रकाश शर्मा माथी प्रहार गर्ने कुचेष्ठा गरेको छ । यी दुई युवा नेतालाई रोक्न नै प्रयोग भयो र हुदैछ । कुनै पनि स्पष्ट राजनीतिक बिचार, स्पष्ट खाका, नियम अनि पद्धति बेगर खाली पद÷शक्तिको सौदावाजी गर्न बनेको यो किसिमको समूहको नियति नै येहि हो । येती नै हो । नेता प्रदिप गिरी सहि भन्नु हुन्छ “काग्रेस भित्र गुट हैंन, गिरोह छ ।” झापा काग्रेस अनि समग्र देशको काग्रेस यो समुहबाट पिडित थियो । अब अन्तत समाप्त भयो – बिलिन भयो । काग्रेसीजनलाइ १४ औ महाअधिवेशनको ठुलो उपलब्धि भनेको यही नै भयो । शेर बहादुर दाईलाइ यो मानेमा धन्यवाद नै दिनु पर्दछ ।
स्मरण रहोस ! विश्वप्रकाश शर्मा र गगन थापा भित्र नेपाली काग्रेस अनि समग्र देशले अबको भविष्य देखेका छंन । सदन अनि समाजमा काग्रेसको दर्बीलो उपस्थिति प्रस्तुत गर्नुमा यि दुइ अनुहारको महत्वपूर्ण योगदान छ र रहनेछ । राजनिती भनेको पद प्राप्ति मात्र हैंन, सहि समयमा सत्य र उचित कर्म गर्नु पनि हो । तसर्थ जती रोके पनि, छेके पनि, जे जे गरेपनि यि अनुहार काग्रेस भित्रका महाधिवेशन प्रतिनिधी अनि काग्रेसका सामन्य मतदाताले पनि रुचाएको अनुहार हो । बिश्वास अनि भरोसा गरेको अनुहार हो । हामिलाई थाह छ यि अनुहार नस्ट होलाँन तर भ्रष्ट हुदैनंन । अबको काग्रेस हाक्ने पुस्ता नै येही हो । । अन्त्यमा ! विश्वप्रकाश÷गगन सग सपना छ अनि महत्वपूर्ण कुरा समय छ । ‘सपना र समय जो सग छ , भविष्य पनि उतै रहन्छ ।
अस्तु 🙏🏻🙏🏻