काडमाण्डौ, मंसिर २५ । पार्टी नेतृत्व हत्याउन शीर्ष नेताहरु बिच छलफल चलिरहँदा नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने आफ्नै जिल्लाका नेता विश्वप्रकाश शर्मालाई रोक्ने प्रयासमा लागेको देखिन्छ ।
पुर्व महामन्त्री समेत रहनु भएका सिटौलाले १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेद्वार घोषणा गरिसक्नु भएका प्रवक्ता शर्मालाई देउवा समुहबाट महामन्त्रीको उम्मेद्वार बन्नबाट रोक्न अन्तिम प्रयास गरिरहनु भएको स्रोतले दाबी गरेको छ ।
देउवा र सिटौलाबिच हिजो भएको प्रारभ्भिक छलफलमा आफ्नो समुहलाई एक महामन्त्री र एक सहमहामन्त्री सहित केही केन्द्रिय सदस्य दिनु पर्ने सिटौलाले अडान राख्नु भएको थियो । सिटौलाको प्रस्तावमा प्रदिप पौडेललाई महामन्त्री बनाउने छ । दुई महामन्त्री मध्ये एउटा सिटौला पक्षलाई दिए पछि देउवा समुहबाट अर्को महामन्त्रीमा शर्मा बाहेक अन्य कोही उम्मेद्वार बन्ने र शर्माले देउवा समुहमा ठाउँ नपाउने आकंलनका साथ सिटौलाले महामन्त्री आफुलाई चाहिने प्रस्ताव गर्नु भएको शर्मा निकट एक महाधिवेशन प्रतिनिधिले सेतोपत्रलाई बताउनु भयो ।
देउवा समूहमा महामन्त्रीका आकाक्षी धेरै भएको र त्यसमा पनि सिटौलालाई एउटा महामन्त्री नै दिए पछि अर्को महामन्त्रीका लागि गृहमन्त्री बालकृष्ण खाँड वा प्रकाश सरण महत मध्ये एक उम्मेद्वार हुने अनुमानका बिच शर्मालाई महामन्त्री बन्नबाट रोक्न सकिने सिटौला पक्षको बुझाई छ ।
देउवाले उपसभापति बन्ने सिटौलालाई आग्रह गर्दा समेत आफु उम्मेद्वार नबन्ने र महामन्त्रीमा प्रदिप पौडेललाई उम्मेद्वार बनाउने सिटौलाले देउवालाई बताउनु भयो । छलफलमा देउवाले सिटौलालाई उपसभापतिको उम्मेद्वार बन्न र एक सहमहामन्त्री पद राख्न प्रस्ताव गर्नु भएको थियो । तर आफ्नो पक्षले उपसभापति र सहमहामन्त्री पद लिदां देउवा समुहबाट दुई महामन्त्री मध्ये एकमा शर्मा नै हुने भए पछि शर्मालाई रोक्न कै लागि सिटौलाले आफु उम्मेद्वार नबन्ने र एउटा महामन्त्री आफ्नो समुहलाई चाहिने शर्त देउवा समक्ष राखेका छन ।
देउवा र सिटौला बिच सहमति भएको भनिए पनि आफ्नै समुहकै नेताहरुले शर्मालाई महामन्बीमा समेट्नै पर्ने दबाब देउवालाई दिए पछि सहमतिले अन्तिम रुप लिन नसकेको देउवा समुहका एक नेताले बताउनु भयो ।
झापा काँग्रेसको संगठनमा एकलौटी प्रभाव राख्दै आउनु भएका सिटौलालाई यो पटक शर्माले टक्कर दिए पछि आफ्नो बिरासत थाम्न सिटौलालाई संकट परेकाले शर्मालाई महामन्त्रीमा रोक्न सिटौलाले अन्तिम प्रयास गरेको शर्मा पक्षीय झापा काँग्रेसका नेताहरु बताउँछन ।
काँग्रेसको १४ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी दर्ता हुँदैछ । १३ पदाधिकारी र १२१ सदस्यका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ ।