मेचीनगर, मंसिर २० । झापा मेचीनगरमा आज एकैसाथ तीन फरक बिधाका ब्यक्तिहरुलाई सम्मान गरिएको छ । मेचीनगर ११ स्थीत लाल भगिरथा बानियाँ प्रतिष्ठानले एउटै कार्यक्रमका बिच मेचीनगर ११ का बरिष्ट न्यूरो सर्जन डा गोपाल सेढाइ, उत्कृष्ट अर्गानिक किसान मेचीनगर ३ का प्रधान किसान र उत्कृष्ट बुहारीका रुपमा मेचीनगर ७ की ज्ञानु बिष्टलाई सम्मान गरेको हो ।
प्रतिष्ठानको तेस्रो बार्षिक उत्सवको अवसर पारेर आयोजित कार्यक्रममा सम्मानित सबैलाई जनही ३१ हजार नगद र सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको सो कार्यक्रममा बागमती प्रदेशका निवत्र्तमान प्रदेश प्रमुख विष्णु प्रसाई, मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टंक बाराकोटी, पुरस्कृत प्रतिभा डा. गोपाल सेढाई, बलभद्र जनता माविका प्रअ तुलसी सुबेदी, पाउ पाथिभरा मन्दिरका वरिष्ठ उपाध्यक्ष यामनाथ मिश्र, तेराख प्रतिष्ठानका जय भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका सचिव मनोज बानियाँले स्वागत र उपक्ष डम्बर देउजाले सञ्चालन गरेको उक्त कार्यक्रमा प्रतिष्ठानको अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको कार्य समितिको नाम घोषणा गरेका थिए । अध्यक्ष हरिचरण बानियाँले सोही अवसरमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
अधिवेशनले हरिचरण बानियाँ अध्यक्ष, मनोज बानियाँ उपाध्यक्ष र डम्बर बहादुर देउयजा सचिव रहेका नयाँ कार्य समिति चयन गरेको छ । सो कार्यक्रममा पुरस्कृत प्रतिभा डा गोपाल सेढाइका पिता दाताराम सेढाई, प्रधान किसानकी छोरी पुष्पिता किसान र ज्ञानु खड्काका पति सोमराज खड्काको उपस्थिति रहेको थियो ।