मेचीनगर, मंसिर ४ । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश ‘क’ क्षेत्रीय समितिको सभापतिमा हरिबहादुर बुढाथोकी निर्वाचित हुनु भएको छ । यस अघि प्रतिनिधि सभा क्षेत्रीय समितिका सचिव मेचीनगर–५ निवासी बुढाथोकीले बुढाथोकीले १ सय ५८ मत प्राप्त गर्नु भएको मतदान अधिकृत होमराज ढकालले बताउनु भयो ।
शुक्रबार राति काकरभिट्टाको सामुदायिक भवनमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सभापति पदका अन्य प्रतिस्पर्धीहरु हर्कबहादृुर लिम्बु फ्याकले १ सय ३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गर्नु भएका मतदान अधिकृत ढकालले जानकारी दिनु भयो । यस्तै, दुई उपसभापति पद निर्वाचित हुनेमा रेवतदास उप्रेती (२०२) र गंगा कोइराला (१८२) निर्वाचित भएका छन । उपसभापतिका प्रत्यासी शसी राईले १६८ र हिम्मत क्षेत्रीले १५२ मत प्राप्त गर्नु भएको थियो ।
दुई सचिवका लागि ५ जनाको उम्मेद्वारी परेको थियो । जसमा विशाल तामाङ १७४ मत ल्याइ विजयी हुनु भएको थियो भने सूर्यप्रकाश उप्रेती र इन्द्रप्रकाश आङ्देम्बे दुवै जनाको मत बराबर (१६४) आएकाले नेपाली काँग्रेसको निर्वाचन निर्देशिका अनुसार गोलाप्रथाबाट आङ्देम्बे विजयी भएको सहायक मतदान अधिकृत केशब पोखरेलले जानकारी दिनु भयो । सचिवका अन्य प्रत्यासी नारायणबहादुर बस्नेत १४६ र भेषराज ओलीले ४४ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै सहसचिवमा विटु गुरुङ २५१ र दिलकुमारी श्रेष्ठ २२८ मत प्राप्त गरी बिजयी हुनु भएको छ । सहसचिवका अर्का प्रत्यासी नरेन्द्र न्यौपानेले १८६ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसको झापा क्षेत्र नं.१ प्रदेश सभा क अन्तर्गत २८४ मतदाता क्षेत्रीय प्रतिनिधिहरु मध्ये २७७ जनाले मतदान गरेका थिए ।
त्यस्तै शुक्रबार नै सम्पन्न नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश ‘ख’ को मतदान प्रक्रियाबाट सभापतिमा सन्तोष न्यौपाने निर्वाचित हुनु भएको छ । मतदान भएको २३० मत मध्ये ९८ मत ल्याएर न्यौपाने बिजयी हुनु भएको मतदान अधिकृत डम्बर बनले जानकारी दिनु भयो । मेचीनगर १३ चारआली निवासी न्यौपाने साबिक दुवागडी गाविसका काँग्रेसका पुर्व सभापति हुनुहुन्छ ।
सभापति पदका अन्य उम्मेद्वा पुष्पराज कार्कीले ८५, सीता पोखरेल २७ र विष्णुप्रसाद रिमालले १३ मत प्राप्त गर्नु भएको छ । यस्तै, उपसभापतिमा मोहनकुमार लिम्बू र सोमप्रसाद ढुंगेल निर्वाचित भएका छन । लिम्बू १५९ र ढुंगेल ११९ मत ल्याएर विजयी भएका छन् । उपसभापति पदका अर्का प्रत्यासी मीनाकुमारी गजमेर ९२ र उत्तमकुमार लिम्बूले ५५ मत ल्याएका छन ।