बनेपा, १ मंसिर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि मंगलवारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।
काभ्रेको बनेपा नगरपालिका वडा न.१० मा रहेको आरम्भ चौतरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउरालीलाई प्राप्ती गरेपछि संयुक्त संस्थाको केन्द्रीय कार्यालय बनेपा मै राखिएको छ ।
एकिकृत संस्थाको सेवा अव १४९ शाखा मार्फत् ५२ जिल्लामा पुगेको छ । संस्थामा अव चुक्ता पुजी ३० करोड ६९ लाख भन्दा बढी भएको छ भने सदस्य संख्या ९२ हजार ९१४ पुगेको छ । त्यसैगरी ऋणीको संख्या ५२ हजार ९५२ पुगेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।
संस्थाले अहिले एक अरव ४७ करोड ६५ लाख ५७ हजार बचत परिचालन गरेको छ भने ५३ अरव २२ करोड ४० लाख ८ हजार कर्जा लगानी गरेको छ ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रमका प्रमुख अथिति नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले नेपालमा लघुवित्त वित्तिय संस्थाहरुको ठूलो योगदान रहेपनि केही विक्रितीहरु समेत देखिएकाले न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
एकिकृत संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले देशको सवैभन्दा ठुलो लघुवित्त संस्था बन्नेगरि अगाडी बढीरहेकोले सेवाको गुणस्तर र नतिजामा केन्द्रीत हुन संस्थाका सवैलाई अनुरोध गर्नुभयो ।
माइक्रोफाइनान्स एसोसिएसनका अध्यक्ष समेत रहनु भएका पोखरेलले लघुवित्त क्षेत्रमा केही नितिगत समस्या समेत रहेकाले हटाउन पहल भइरहेको जानकारी दिनुभयो ।
देशको गरिवि न्युनिकरण गर्न, ग्रामिण अर्थतन्त्र बढाउन, उद्यमशिलता बृद्धि गर्न र अर्थतन्त्रमा महिलाको पहुँच बढाउन लघुवित्त अपरिहार्य रहेको उहाँले दावी गर्नुभयो ।
एकिकृत कारोवार सुरु भएपछि बसेको संचालक समितिकोे बैठकले तत्कालिन देउराली लघुवित्तका अध्यक्ष बिनोद ज्ञवालीलाई संचालकमा नियुक्त गरेको छ । आरम्भ चौतारी लघुवित्तका संचालक पुष्पराज ढकालले दिएको राजिनामा पनि बैठकले स्विकृत गरेको छ । त्यसैगरी देउराली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्ति गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।