मेचीनगर, भदौ २५ ।
दुबै मृगौलाले काम गर्न छाडेपछि गम्भीर स्वास्थ्य संकटमा परेकी मेचीनगर ९ फारम टोल निवासी अरिस्ता परियारको जीवन बचाई दिन परिवारले अपिल गरिएको छ ।
अरिस्ता परीयार बचाउ अभियानले आज मेची उद्योग वाणिज्य संघको सभाहल धुलावारीमा पत्रकार सम्मेलनको आयोजना गरी अरिस्ताको जीवन बचाउने अभियानमा सहभागी भईदिन सबैमा अपिल गरेको हो ।
मेचीनगर १० स्थित धुलावारी माविमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय आरिस्ताको दुबै मृगौलालो काम गर्न छाडेका छन् ।
पत्रकार सम्मेलनमा आरिस्ताकी आमा लक्ष्मी परियारले अहिले हप्तामा दुई पटक नियमित डाईलासिस गरि रहनु परेको बताउनु भयो । परिवारको आर्थिक अवस्था दयनीय रहेको र उनको मृगौला प्रत्यारोपण गर्न ठुलो धनराशी जुटाउनु पर्ने भएकाले आर्थिक सहयोग गरी छोरीको जीवन बचाई दिन अरिस्ताकी आमा परियारले सबैमा विनम्र अनुरोध गर्नु भएको छ ।
अरिस्ता बचाउ अभियानका संयोजक मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले हाम्रो एउटा सानो सहयोगले अवोध बालिकाको जीवन बाँच्न सक्ने भन्दै यथासक्य सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ ।
अभियानका सह संयोजक मेचीनगर १० का अध्यक्ष सुवेश कुमार पनेरुले सबैलाई अभियानको सदस्यको रुपमा रही काम गरिदिन र अरिस्ताको जीवन बचाउने अभियानमा सहयोग पु¥याउन अपिल गर्नु भएको छ ।
अभियानका सचिव मेची उद्योग वाणिन्य संघका महासचिव ध्रुव कनालले हाल सम्म २ लाख ४० हजार ८०० सहयोगको प्रतिवद्धता भएको र नगद रु ५२ हजार प्राप्त भई सकेको जानकारी दिनु भयो ।
मेचीनगर वडा नं ९ की वडा सदस्य समेत रहनु भएकी अरिस्ताकी आमा लक्ष्मी परियार र बुवाले सामान्य रुपमा सिलाई पेशा गर्दै आउनु भएको छ । मेचीनगर नगरपालिका, जन प्रतिनिधिहरुमार्फत सहयोग जुट्ने क्रम जारी रहेको छ । साथै जिल्लामा रहेका दलित संगठनहरुले समेत सहयोग रकम प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइको थियो ।
हाल अरिस्ताको हप्तामा २ पटक भद्रपुर स्थित ओम साई पाथिभरा अस्पतालमा आइलासिस भई रहेको छ । एक पटकमा न्युनतम १० हजार खर्च लाग्ने हुँदा आर्थिक अभावका कारण उनको आइलासिस गर्न समेत कठिनाई उत्पन्न भई रहेको आमा लक्ष्मीले पत्रकार सम्मेलनमा बताउनु भयो ।
दुबै मृगौला खराव भएसंगै अरिस्ताको शीघ्र प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताए छन् ।
अरिस्ताको उपचारमा सहयोग पु¥याउन इच्छुक सबैमा एनएमबी बैंकमा रहेको खाता नं १७५०१४३०६९००००११ मा रकम जम्मा गर्न सकिने अभियानले जानकारी दिएको छ ।