मेचीनगर, कार्तिक २६ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको महाधिवेशनमा झापा क्षेत्र नं. १ बाट सहभागि हुने महाधिवेशन प्रतिनिधिका लागि सहमति जुटेको छ ।
२ महिला सहित ८ जना प्रतिनिधिका लागि ३१ जनाको उम्मेद्वारी दर्ता भएकोमा भौगोलिक क्षेत्रका आधारमा छनौट गर्ने सहमति भएको एमालेस्रोतले जानकारी दिएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि बिहिबार उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारहरुबिच आज भएको छलफलमा भद्रपुर नगरपालिका वडा नं. ९ र १० बाट एक जना, साबिक दुवागढी र धाइजनको क्षेत्रबाट एक जना, साबिक शान्तिनगरबाट एक जना महाधिवेशन प्रतिनिधि छनौट गर्ने सहमति भएको एमालेका एक नेताले सेतोपत्रलाई जानकारी दिनु भयो ।
त्यसैगरी साबिक बाहुनडाँगीबाट एक जना, साबिक ज्यामिरगढीबाट एक जना, साबिक धुलाबारीबाट एक जना र साबिक काकरभिट्टाबाट दुई जना महाधिवेशन प्रतिनिधि चयन गर्न उम्मेद्वारहरुले सहमति गरेर पार्टी नेतृत्वलाई जिम्मेवारी दिइएको ती नेताले बताउनु भयो ।
पार्टी सदस्यको संख्या र भौगोलिक अवस्थालाई हेरेर महाधिवेशन प्रतिनिधि छनौट गर्न उम्मेद्वारहरुले नै पार्टी नेतृत्वलाई जिम्मेवारी दिए पछि सर्बसम्मतीबाट नै महाधिवेशन प्रतिनिधि छनौट हुने निश्चित भएको एमालेस्रोतले बताएको छ ।
एमालेले १० औं महाधिवेशनमा सहभागिताका लागि कार्तिक २५ गते महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी दर्ता र कार्तिक २७ गते प्रतिनिधि चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
एमाले महाधिवेशन प्रतिनिधिका लागि झापा क्षेत्र नं. १ का उम्मेद्वारहरुको नामावली ।
१) यामनाथ बराल
२) शोभा खवास
३) सविता पोख्रेल
४) श्रीप्रसाद मैनाली
५) रोशन अग्रवाल
६) प्रल्हादमणी ओली
७) शान्तिप्रसाद सापकोटा
८) रुद्र डाँगी
९) मिना पोखरेल उप्रेती
१०) डिल्लीराम घिमिरे
११) दुर्गा डाँगी (रेणुका)
१२) चन्द्रप्रसाद प्रसाई
१३) देवीप्रसाद भट्टराई
१४) गोविन्द गिरी
१५) दिपक बराल
१६) राजु कार्की
१७) घनश्याम अधिकारी
१८) दिपक गौतम
१९) बन्धन कुमार मुण्डा
२०) निलकण्ठ तिवारी
२१) मिरा भुर्तेल
२२) लक्ष्मी कुमार राई
२३) प्रेम कुमारी भट्टराई
२४) छोट बहादुर राई
२५) हरिचरण बानियाँ
२६) गोपालचन्द्र बुढाथोकी
२७) कृष्ण कनाल
२८) मिना पराजुली
२९) खेमराज पोखरेल
३०) असारु राजबंशी
३१) ब्रम्हलाल ढुंगाना