झापा, कार्तिक १० । नेकपा एमाले मेचीनगरको अधिवेशनले आज पनि नेतृत्व चयन गर्न सकेन । आकाक्षीहरुको संख्या धेरै भएका कारण मंगलबारदेखि सुरु भएको नगर अधिवेशनले आज पनि नगर कमिटि चयन गर्न नसकेको एमालेस्रोतले जनाएको छ ।
एमाले मेचीनगर एक अध्यक्षका लागि ५ जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने एक उपाध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै एक सचिवमा ५ जना र दुई उपसचिबका लागि ११ जनाको उम्मेद्वारी दर्ता भएको एमालेका एक नेताले सेतोपत्रलाई जानकारी दिनु भयो ।
नगर कमिटि चयनका सन्धर्भमा आज धेरै छलफल भएको र भोलि बेलुकासम्ममा नगर कमिटि चयन हुने एमाले मेचीनगर अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष हरिचरण बानियाँले बताउनु भयो । ‘अधिकांश वडाहरुबाट सर्बसम्मत सदस्यहरु चयन भइसक्नु भएको छ’ बानियाँले भन्नुभयो, ‘भोलि पदाधिकारी र वाँकी वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु समेत सर्बसम्मत रुपमा चयन हुन्छ ।’
एमालेस्रोतले दिएको जानकारी अनुसार पदाधिकारीहरुमा निम्नानुसारको उम्मेद्वारी दर्ता भएको छ ।
अध्यक्ष
१) कृष्णराज सिग्देल, वडा नं. १३
२) कञ्चन तामाङ, वडा नं. ९
३) राजु पोखरेल, वडा नं. ६
४) भुपाल सिवाकोटी, वडा नं. ६
५) कृष्ण कनाल, वडा नं. १०
उपाध्यक्ष
१) बिकेन्द्र धिमाल, वडा नं. ८
२) दिनेश राजबंशी, वडा नं. ७
३) देवेन्द्र पराजुली, वडा नं. ९
४) मणि खतिवडा, वडा नं. १०
५) दिपेन्द्रराज पाण्डे, वडा नं. ६
६) ताकेन्द्र तामाङ, वडा नं. ८
७) तक्दीर प्रसाइ, वडा नं. ११
८) जग्गनाथ भट्टराई, वडा नं. १२
सचिब
१) राजु धिमाल, वडा नं. ९
२) रमा भण्डारी, वडा नं. ३
३) दिपक बराल, वडा नं. २
४) बेदप्रकाश भण्डारी, वडा नं. ३
५) प्रल्हादमणी ओली, वडा नं. ७
उपसचिव
१) राजेशकुमार राउत, वडा नं. ५
२) निर्मला परियार, वडा नं. १३
३) कुन्दन निरौला, वडा नं. ८
४) डेनु मगर, वडा नं. २
५) लुसन तिवारी, वडा नं. ४
६) दशरथ खडिया, वडा नं. ८
७) केशर तिम्सिना, वडा नं. ६
८) अनिता थापा, वडा नं. ४
९) सुरेश बुढाथोकी, वडा नं. १४
१०) केदार गिरी, वडा नं. ८
११) सुमन थापा, वडा नं. ६