काठमाण्डौ, कार्तिक ८ । सर्बोच्च अदालतका १४ न्यायधीशहरुले प्रधानन्याधीश चोलेन्द्रशमसेर जबराले बोलाएको पूर्ण बैठक (फुल कोर्ट) बहिस्कार गर्ने निर्णय गरेका छन । प्रधानन्यायधीश माथि नै गभ्भिर प्रकृतिका आरोप लागिरहेको अवस्थामा त्यसलाई बिषयान्तर गर्न बोलाइएको फुल कोर्टमा सहभागि नुहुने १४ न्यायधीशहरुले सामुहिक निर्णय लिएका छन ।
पूर्ण बैठकका लागि ‘हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधी दिने एजेण्डा न्यायाधीशहरूलाई पठाइएको छ । न्यायपालिकामाथिकै गभ्भिर आरोप लागिरहेका बेला त्यसको सम्बोधन गर्नुको साटो प्रधानन्यायधीश जबराले बरिष्ठ अधिवक्ताको उपाधी दिने बिषयलाई फुल कोर्टको बैठकको एजेण्डा बनाए पछि सर्बोच्चका न्यायधीशहरु उनी प्रति असन्तुष्ट देखिएका छन ।
आइतबार अदालतमा उपस्थित सबै न्यायाधीश अर्थात् दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए । सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी रहेकोमा बहालवाला २० मध्ये पाँच न्यायाधीश भने आइतबार सर्वोच्च अदालत पुगेका थिएनन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल आइतबार काठमाडौंमा थिएनन् ।