झापा, कार्तिक ४ । संयुक्त अरब इमरिट्स र ओमनमा सञ्चालन भइरहेको टि ट्वान्टि विश्वकप क्रिकेट २०२१ को समूह चरणका सबै देशहरुको अन्तिम खेलहरु बाँकी रहदा कुन कुन देश पुग्लान त राउण्ड अफ १२ मा ? सबै क्रिकेट प्रेमिहरुको चासो रहेकोछ ।
समूह ए मा रहेका चारवटै टिमले दुई दुईवटा खेल खेलिसक्दा श्रीलंका ४ अंकका साथ समिकरणका आधारमा अघिल्लो चरण पुगिसके पनि विजेता वा उपविजेताको भने टुंगो लाग्न बाँकी नै छ । यसैगरी यसै समुहमा आयरलेण्ड र नामिविया २/२ अंकमा छन भने नेदरल्यान्डस अंक विहिन रहेको छ । यसरी हेर्दा समुहबाट अघिल्लो चरणमा पुग्ने अर्को देश भने उनीहरुको अन्तिम खेलले मात्र निर्धारण गर्नेछ । अब श्रीलंकाले नेदरल्यान्डस विरुद्ध खेल्दा आयरलेण्डले नामिविया विरुद्ध खेल्नेछ । दुवै खेल हारेको नेदरल्यान्डसका लागि आफ्नो अन्तिम खेलमा जित निकालेर मात्र साख बचाउने दवाव हुनेछ भने श्रीलंका को लागि जितले शिर्ष स्थानमा रहदै अघिल्लो चरण पुग्न सहज वनाउने छ ।
त्यसैगरी नामिविया जित निकालेर अघिल्लो चरण पुग्न चाहन्छ भने आयरलेण्ड पनि जित निकाल्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । समिकरण हेर्दा यश समुहबाट अघिल्लो चरण जान आयरलेण्ड र नामिविया दुवैलाई जित आवस्यक हुनेछ भने श्रीलंकाको हारले चाहिँ मात्र समुहमा विजेता र उपविजेताको हुने भन्ने प्रश्न रहनेछ जसको टुंगो उनीहरुको नेट रन रेटबाट लाग्नेछ ।
यता समूह बि मा रहेका चारवटै टिमले दुई दुईवटा खेल खेलिसक्दा स्कटल्याण्ड ४ अंक का साथ शिर्ष स्थानमा रहदा बंगलादेश र ओमनको २/२ अंक छ भने पपुवा न्युगिनि अंक विहिन छ । अब अन्तिम खेलमा बंगलादेशले पपुवा न्युगिनिको सामना गर्दा स्कटल्याण्डले ओमनको सामना गर्नेछ । यदि पपुवा न्युगिनिले बंगलादेशलाई हरायो र ओमनले स्कटल्याण्डलाई हरायो भने यश समुहबाट ओमन र स्कटल्याण्ड अघिल्लो चरणमा जानेछन तर त्यसको विपरितको नतिजाले स्कटल्याण्ड समूह विजेता र बंगलादेश उपविजेता बन्दै अघिल्लो चरण पुग्नेछन ।
यश वाहेक बंगलादेशले पपुवा न्युगिनिलाई हरायो र ओमनले स्कटल्याण्डलाई हरायो भने चाहिँ पपुवा न्युगिनि बाहेक यश समुहबाट अघिल्लो चरण प्रवेश गर्ने टिमको टुंगो नेट रनरेटबाट लाग्नेछ ।
समूह चरणका अन्तिम खेलहरु आज (विहिवार) र भोलि (शुक्रबार) हुनेछन । स्मरण रहोस समूह ए को विजेता र समूह बि को उपविजेताले समूह १ मा इङ्लेण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्टइण्डिजको सँगको भेट पक्का गर्नेछन भने समूह बि को विजेता र समूह ए को उपविजेताले अघिल्लो चरणमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफ्गानिस्तान रहेको समूह २ मा स्थान बनाउने छन ।