मेचीनगर, भदौ २४ ।।
नेपालमा आज १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना पुष्टि हुँदा नेपालमा कुल संक्रमितको संख्या ४९२१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा जानकारी दिनु भयो ।
नेपालमा आज देशभर पछिल्लो २४ घण्टामा ९१८ संक्रमण मुक्त भएर डिस्चार्ज भएसंगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ३३८८२ पुगेको छ । जुन कुल संक्रमितकोे ६८ प्रतिशत भन्दा बढी रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५४८० रहँदा आइसोलेशनमा रहनेको संख्या ७९८८ छ । संक्रमित मध्ये घरमै बसेकाहरुको संख्या ७०३७ रहेको छ ।
त्यस्तै आइसियूमा रहनेको संख्या १६२ रहँदा भेन्टिलेटरमा उपचार गराइरहेकाहरुको संख्या २२ रहेको मन्त्रालयका प्रबक्ता डा गौतमले बताउनु भयो ।
झापाामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका कोभिड सम्पर्क ब्यक्ति जीवन चौलागाईंले दिनु भएको जानकारीमा शिवसताक्षी वडा नं ६ का २ स्थानीय महिला र कन्काई वडा नं २ र ३ का २ स्थानीय पुरुष रहनु भएको छ ।
झापामा कुल कोरोना संक्रमितको संख्या ७०८ पुग्दा ५२१ संक्रमण मुक्त भएर घर फर्की सकेका छन् । हाल झापा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १८४ रहेको छ भने जिल्लामा हाल सम्म कोरोना संक्रमणका कारण ३ जनाको निधन भई सकेको छ ।
आज ६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा मोरङको ७६ बर्षीय एक महिला सहित ४ महिला र ७ पुरुष रहनु भएको छ ।
योसगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।