सिला खवास ।
हामी एक सामाजिक प्राणी हौँ । त्यतिमात्र होइन प्राणी मध्येको सचेत प्राणी पनि हामी मानव नै हौँ । अनि ढुङ्गे युगबाट शिक्षित र ज्ञानी हुँदै आजको वैज्ञानिक युगमा गतिशील भएर आउने पनि हामी नै हौँ । समय परिवर्तनशील छ, परिवर्तनशील समयसँगै समाज पनि परिवर्ताशील हुन्छ । तर जुनसुकै युग, समय तथा परिवर्तन किन नहोस् हाम्रो मानसिकतामा परिवर्तन हुन गाह्रो छ । यहाँ भन्न के खोजिएको हो भने हिजोको तुलनामा आज साक्षरता प्रतिशत बढ्दै गएपनि समाजमा हुने हिंसामा कुनै परिवर्तन छैन । हिंसा भनेको कुनै एक प्राणीले अर्को प्राणीलाई कुनै न कुनै किसिमबाट पीडा दिने वा हानि नोक्सानी पु¥याउने काम हो । अर्थात् जुन कामले अरुको अहित हुन्छ त्यो नै हिंसा हो ।
अहिले समाजमा हिंसाले तहल्का मच्चाइरहेको छ । हिंसा पुरुष र महिला दुवैमा हुन्छ । तर पहिल्यै देखिको अवस्थालाई हेरेर ल्याउने हो भने समाजमा पूरुषको तुलनामा महिला हिंसाका घट्ना नै बढी भएको पाइन्छन् । महिला हिंसा समाजको त्यो रुप हो जसले महिलाका सामान्यभन्दा सामान्य अधिकारहरु पनि लुटिरहेका हुन्छन् । हिंसा शब्द नै अपराध हो भने एउटै मानव जातिलाई लिङ्गको आधारमा विभेद गरी महिलाहरु प्रति गरिने हिंसा झन् चरम अपराध हो । यस्ता महिला हिंसामा घरेलु हिंसा, बलत्कार, बोक्सीको आरोप, दाइजो प्रथा, हत्या, कुटपिट आदि पर्दछन् । आज भोलि जताततै महिला हिंसाका घटनाले भरिएका हुन्छन् । रेडियो, टेलिभिजन, पत्रपत्रिका, जताततै ४ वर्षे बालिका देखि लिएर ७० वर्षे वृद्धा समेत यस्तो हिंसाको सिकार हुनु परिरहेको समाचार सुनिन्छ । यसबाट एउटी नारी महिला भएकै कारण कति असुरक्षित छे भन्ने कुरा प्रष्ट हुन्छ । अहिलेको समयमा छोरी मान्छेले बाबुको काखदेखि लिएर यो सिङ्गो समाज र राष्ट्रलाई नै आफ्नो असुरक्षित स्थान मान्नु पर्ने अवस्था आएको छ । हरपल हरक्षेत्र त्रासैत्रासमा बाँच्नु पर्ने स्थिति छ । यस्ता घटनाहरुमा चितवनमा बाबुले छोरीमाथि गरेको बलत्कार, सबिता भण्डारीको हत्या, निर्मला हत्याकाण्ड, भागिरथी हत्याको घटना आदि रहेका छन् ।
हिंसाका प्रकारहरु ।
शारीरिक हिंसा : इच्छा विपरीत यदि कसैले कसै माथि हातपात गरी यातना दिन्छ भने त्यो शारीरिक हिंसा हो । यसमा बलत्कार, गोप्य अङग तथा संवेदनशील अङ्गमा छुने जस्ता क्रियाकलापहरु पर्दछन् ।
मानसिक हिंसा : मनोवैज्ञानिक रुपमा अरुलाई डर, त्रास, धम्की दिनु अपमान गर्नु मनोवैज्ञानिक तथा मानसिक हिंसा हो ।
सामाजिक हिंसा : सामाजिक मूल्य, मान्यता चालचलन आदिका आधारमा गरिने हिंसा सामाजिक हिंसा हो । यस्तो हिंसामा बालबिबाह, छाउपडी प्रथा, दाइजो प्रथा आदि पर्दछन् ।
आर्थिक हिंसा : घरभित्र र बाहिर आर्थिक आयआर्जन हुने काममा रोक लगाउने आर्थिक निर्णय गर्न नदिने जस्ता हिंसा आर्थिक हिंसा हुन् ।
यौनजन्य हिंसा : इच्छा विपरीत अश्लील चित्र तथा भिडियो देखाउने ,यौनजन्य क्रियाकलाप गर्न लगाउने आदि यस किसिमको हिंसा अन्र्तगत पर्दछ ।
यी मध्येको यौन हिंसा आजको एउटा जटिल समस्या हो । हाल यौनजन्य हिंसाहरु घर, समाज, विद्यालय, कार्यलय, यातायातका साधनमा यात्रा गर्ने क्रममा, सार्वजनिक स्थलहरुमै यस्तो घटनाहरु घटिरहेका हुन्छन् ।
शिक्षा चेतनाको अभाव , कमजोर सरकारी तन्त्र , अराजक स्थिति , खुल्ला रुपमा मदिरा बिक्रि वितरण र प्रयोग, सामाजिक सञ्जालमा आएका अश्लील भिडियो, पारिवारिक बेमेल ,रुप र धनसम्पत्तिको प्रलोभन यौन हिंसाका प्रमुख कारणहरु हुन् । यसका साथै हिंसा सहने बानी, पारिवारिक डर, त्रास पनि यस्ता हिंसा मौलाउने कारणहरु हुन् ।
यस्ता हिंसाहरुलाई अन्त्य गर्नका लागि सरकारी नियम कानुनको व्यवस्था र प्रभावकारी कार्यान्वयन , समाजमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने सामाजिक सञ्जाल ,सञ्चारका माध्यम ,यूट्युब, आदिमा प्रदर्शन गरिने अश्लील तस्वीर तथा भिडियोमा प्रतिबन्ध लगाउनु पर्छ । जनचेतना फैलाउने कार्यक्रमहरु गरिनुपर्छ । कतिपय बालबालिकाहरुलाई त कस्तो चाहिँ यौन हिंसा हो त्यसकोे बारेमा समेत थाहा हुँदैन त्यसको बारेमा समेत थाहा दिनु पर्छ । यौन हिंसा सम्बन्धी उजुरी दिनेहरुको नाम गोप्य राख्नु पर्ने अवस्था आएमा गोप्य राख्ने समेत व्यवस्था गरिनुपर्छ ।
विद्यालय तहमा पनि यौनजन्य हिंसाहरु धेरै भइरहेका पाइन्छन् । कक्षामा केटा र केटीलाई लैङ्गिक समानता भनी एउटै बेन्चमा राख्ने गर्नाले केटाले केटीलाई अनावश्यक रुपमा छोइदिने, साथीभाइसँग खेल्दा संवेदनशील अङ्गमा हात पु¥याइदिने, टोइलेटमा पनि विभिन्न किसिमका तस्वीर तथा अक्षरहरुका माध्यमबाट यौनजन्य हिंसा भइरहेका छन् ।
नेपालमा ११ देखि १४ वर्षसम्मका बच्चाहरु यौन दुव्र्यवहारको शिकार भइरहेका छन् ।.-cwish_ save the children narway .-cwish_ save the children narway २००८ को अनुसन्धानले जनाएको छ । हरेक वर्ष ७ हजार देखि १२ हजार महिला र बच्चाहरु बेचिनु परिरहेको छ । त्यसमध्ये २० प्रतिशत १६ वर्ष भन्दामुनिको बच्चा रहने गर्दछन् । १६ वर्ष भन्दा मुनिका बच्चाहरु नै बलत्कार, करणी जस्ता जघन्य अपराधको शिकार बनिरहेका छन् । -child worker in concerned centered / save the children Norway Nepal -scnn_ २०१७ को तथ्याङ्क अनुसार प्राथमिक तहमा ९९.८३ प्रतिशत विद्यार्थीहरु भर्ना हुने गरेका छन् जसमध्ये ३५.५ देखि ४५ प्रतिशत बालबालिकाहरु यौन दुव्र्यवहारको शिकार भएको CWIN / SCNV 2003 को अनुसन्धानले जनाएको छ ।
लेखिका खवास झापा धुलाबारी माविकी शिक्षक हुनुहुन्छ ।