बिर्तामोड, असोज ३ । नेपाली काँग्रेसका प्रवक्ता तथा महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्माले अबको समय राजनितिमा परिवर्तनको आवश्यकता भएको बताउनु भएको छ । आज झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै नेता शर्माले भन्नुभयो, ‘हिजो राजनैतिक परिवर्तनका लागि लड्यौं अब राजनितिमा परिवर्तन आवश्यक भएको छ ।’
काँग्रेसको १४ औं महाधिवेशनका लागि महामन्त्री पदको उम्मेद्वारी घोषणा गरे पछि पहिलो पटक गृह जिल्ला झापा आइपुग्नु भएका नेता शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनितिमा परिवर्तन’ बिषयमा २४ बुंदे अवधारणा पत्र समेत प्रस्तुत गर्नु भएको थियो ।
राजनितिमा परिवर्तनका लागि पहिलो पटक अवधारणा प्रस्तुत गर्दै नेता शर्माले राजनितिमा सहिष्णुता हराउँदै गएको प्रति चिन्ता ब्यक्त गर्नु भयो । वहाँले भन्नुभयो, ‘नेपाली राजनितिमा सहिष्णुता हराउँदै गएको छ, सहिष्णुता हार्दै गयो भने लोकतन्त्र टिक्न सक्दैन ।’
लामो संघर्ष पछि प्राप्त भएको संविधानको ब्यवस्था कम्तिमा संविधानका निर्माताहरु अक्षरस पालना गर्नु पर्ने शर्माले बताउनु भयो । ब्यवस्था ठिक भएको अब अब्यवस्थालाई अन्त्य गर्नु पर्ने काँग्रेस नेता शर्माले बताउनु भयो ।
शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद हुन पाइने ब्यवस्था संविधानमा नै सुनिश्चित गर्न सके राजनितिमा उमेरको प्रसङ्ग नआउने धारणा राख्नु भयो ।
शर्माले प्रस्तुत गर्नु भएको अवधारणा पत्र ।