त्यो धर्मशालाको चिसो भुइँमा
पुषको तुसारो ओडेर
लमतन्न भइ निदाएको ,
बालक पनि सपना देख्द्छ
हो उ पनि तेहि देख्दछ
जुन तिमि महलमा देख्छौ ।
ऊ पनि त्यही आमाको ,
ममता देख्दछ ,
त्यही पिताको स्पर्स,
जुन उसले कहिल्यै
अनुभव गर्न पाएन ।
ऊ झस्किन्छ ,
न उसले किताब देखेको छ
न कलम,
तर उस्ले पढेको सपना देख्छ ,
जुन सपना कहिल्यै साकार हुने छैन ।
थाहा छ, उसलाई बिहानै उठेर
कबाडी भेला पार्नु छ,
पेटको छाला मेरुदण्डको हड्डिमा
लपेटिरहदा पनि
ऊ त सुतेकै छ
निदाकै छ , अनि,
सपना देखेकै छ ।
उसका सपनाहरूले
आराम पाउने छैनन
किनभने ऊ आतुल छ
अनुभव बिहिन सपनाको
प्रत्येक क्षण अवलोकन गर्न ।
ऊ त्यो प्रतिबिम्ब खोज्दछ ,
जुन, तिम्रो नजरमा ऊ होइन,
उसको नजरमा ऊ ऊ छ ,
हो ऊ पनि तिमि जस्तै जिउन चाहन्छ
जुन तिमीले ऊ जिइएको देख्न चाहेको भन्दा
बेग्लै छ ।
उसका कानहरुले पनि
त्यही चाहान्छ्न ,
जुन तिम्रा कानहरुले ,
सुन्ने गरेका छन ,
बाबु , नानी , छोरो ,भाई
उसका लागी अमृत
सब्द ।
उसका नजर निस्चल छन
तर उसलाई हेरिने नजर
तिम्रा नजर ,मेरा नजर ,
अनि यो समाजको नजर
भिन्न छ ,
हो उसले हेपिनु पर्छ ,
तर दिन भरिको हेपाई
बिर्सेर फेरि पनि ऊ
निदाएकै छ।
तिम्रा लागी
ऊ लमतन्न परेको छ ,
उसका लागी ऊ सुतेको छ ,
आफैमा हराएको छ ,
डराएको छ , तर ,
तिम्रो जस्तो डर होइन ,
भोकको डर ,
तर फेरि पनि
ऊ निदाएकै छ ।