झापा, असोज १ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएसंगै माथिल्ला पदहरुका आकाँक्षीहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ । काँग्रेसको अधिवेशनताका केन्द्रीय महाधिवेशनका मतदाताका रुपमा रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई बिषेश महत्व दिइने गरेको छ ।
केन्द्रीय पदाधिकारी चयनमा निर्णयक हुने महाधिवेशन प्रतिनिधिहरु चयनमा नै पार्टीका नेतृत्वले बिषेश चनाखो हुने गरेको पाइन्छ । कुन प्रतिनिधि आउँदा केन्द्रमा कसलाई भोट प्राप्त हुन्छ भन्ने स्पष्ट हुने भएकाले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा केन्द्रीय नेताले आफु नजिकका नेता कार्यकर्तालाई जिताउन भुमिका खेल्छन ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेको र अर्का नेता कृष्ण प्रसाद सिटौला दुवैको गृह जिल्ला झापामा महाधिवेशन प्रतिनिधि छनौटमा निक्कै प्रतिस्पर्धा हुने काँग्रेस कार्यकर्ताहरु बताउँछन ।
त्यसमा पनि काँग्रेस प्रवक्ता शर्माको गृह क्षेत्र झापा क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि हुन चाहनेको संख्या धेरै देखिएको छ । झापा १ मा जम्मा २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनु पर्नेमा अहिलेसम्म ६५ जनाले उम्मेद्वारी घोषणा गरिसक्नु भएको काँग्रेसका एक नेताले बताउनु भयो ।
मेचीनगरका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको वार्ड नं. ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको वार्ड नं. ९ र १० समेटिएको झापा क्षेत्र नं. १ मा ४ महिला सहित १४ जना खुल्ला, २ महिला सहित ४ जना खस आर्य, २ महिला सहित ४ जना आदिवासी जनजाति, एक जना दलित र मधेशी, अल्पसंख्यक, लोपोन्मुख मध्येबाट एक जना प्रतिनिधित्व हुने गरी जम्मा २४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने ब्यवस्था छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले संशोधन गरेर प्रकासित गरेको सूचना अनुसार असोज १५ गते क्षेत्रिय अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुनेछन ।
झापा क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशनका उम्मेद्वारहरुको वडागत सुची
मेचीनगर वार्ड नं. १
१) केदारनाथ ढकाल (खुल्ला)
वार्ड नं. २
१) तारा रिजाल (महिला खुल्ला)
२) शान्ता निरौला (महिला खुल्ला)
३) हरिकुमार श्रेष्ठ (आ/ज)
वार्ड नं. ३
१) खड्ग बहादुर धिमाल (आ/ज)
वार्ड नं. ४
१) अनुपकुमार कार्की (खस/आर्य)
२) पोषक कुमार दर्जी (दलित)
वार्ड नं. ६
१) बिमल आचार्य (खुल्ला)
२) बालाजित राइ (आ/ज)
३) दुर्गाप्रसाद सापकोटा (खुल्ला)
४) उषा गुरुङ (खुल्ला महिला)
५) राधा कार्की (खुल्ला महिला)
६) बिना तामाङ (खुल्ला महिला)
७) पम्फा लामा (आरज महिला)
८) रचना घिमिरे (खुल्ला महिला)
९) डम्बर कुमारी थापा (आ/ज महिला)
१०) विश्वबिजय घिमिरे (अपाङ्ग)
११) भवानी केरुङ (आ/ज)
१२) अर्जुन राइ (खुल्ला)
१३ गौतम मजुमदार (मधेशी)
वार्ड नं. ७
१) केशबराज पाण्डे (खुल्ला)
२) रोहित बुढाथोकी (खस/आर्य)
३) मैया उप्रेती (खुल्ला महिला)
४) धर्मराज घिमिरे (अपाङ्ग)
वार्ड नं. ८
१) नारायण गिरी (खुल्ला)
२) पुष्पराज पौडेल (खुल्ला)
वार्ड नं. ९
१) मणिकुमार उप्रेती (खुल्ला)
२) प्रेस सम्बाहाम्फे (खुल्ला)
३) तेजप्रसाद चौलागाई (खस/आर्य)
४) तेज बहादुर रिजाल (खुल्ला)
५) झुनादेवी बानियाँ (खुल्ला महिला)
६) सञ्जय शर्मा उप्रेती (खुल्ला)
वार्ड नं. १०
१) राम कट्टेल (खुल्ला)
२) अशोक कुमार पोखरेल (खुल्ला)
३) सोमनाथ खनाल (खुल्ला)
४) पंकज बिक्रम नेम्वाङ (खुल्ला)
५) रुपा खतिवडा (महिला खस/आर्य)
६) टेक बहादुर लिम्बु (खुल्ला)
७) टिका सुवेदी (महिला खस/आर्य)
८) कुसुम कोइराला (खुल्ला महिला)
९) दुर्गादेवी खतिवडा (खुल्ला महिला)
१०) दल बहादुर विश्वकर्मा (दलित)
११) द्रोण बागदास (दलित)
१२) ध्रुव कनाल (दलित)
१३) जीवनकुमार प्रधान (आ/ज)
१४) पुनितकुमार बंशल (मधेशी)
१५) सत्रुधन जैसवाल (मधेशी)
१६) अमिरकुमार भण्डारी (मधेशी)
वार्ड नं. ११
१) नरेश मोहोरा दजी) (दलित)
वार्ड नं. १२
१) तिलक प्रसाद गिरी (खुल्ला)
२) निर्माला चौहान भण्डारी (खुल्ला महिला)
३) कालु मेचे (लोपोन्मुख)
वार्ड नं. १३
१) सरद शिवाकोटी (खुल्ला)
२) चन्द्र सिग्देल (खुल्ला)
३) शुशिला रिजाल (महिला खस/आर्य)
४) प्रदिप चौधरी (आ/ज)
वार्ड नं. १४
१) लोकराज ढकाल (खुल्ला)
वार्ड नं. १५
१) तराबिर कटुवाल (खुल्ला)
बुद्धशान्ति वार्ड नं. ५
१) छविलाल खतिवडा (खस/आर्य)
२) चन्द्रकला भट्टराई (खुल्ला महिला)
वार्ड नं. ६
१) खड्ग पङन्धाक सुब्बा (आ/ज)
भद्रपुर वार्ड नं. ९
१) गोमाकुमारी भट्टराई (खुल्ला महिला)
२) राजेन्द्र रिजाल (खुल्ला)
वार्ड नं. १०
१) देवेन्द्र गौतम (खुल्ला)
२) प्रमिस न्यौपाने (खुल्ला)
सम्बन्धीत वडा सभापतिहरुले दिएको जानकारीको आधारमा उम्मेद्वारहरुको सुची तयार गरिएको हो ।