मेचीनगर, भदौ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगर समितिले नगरका सबै वडामा संगठन बिस्तारको कामलाई तिब्रता दिएको छ । राप्रप्रा नगरसमितिले आज नगरसमितिको कार्यालय जोरसिमालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर अध्यक्ष सबिना बजगाइले राप्रपालाई जनता बिचमा लोकप्रिय र जनताको भरोसाको पार्टी बनाउने योजना अनुसार संगठन बिस्तारको कामलाई अघि बढाएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बजगाइले भन्नुभयो, ‘पार्टीको संगठनलाई बलियो बनाउँदै जनतालाई राप्रपाको निति र कार्यक्रमका बारेमा बुझाउने काममा लागेका छौं ।’ संगठन बिस्तारको क्रममा मेचीनगरका सबै वडाहरुमा समिति गठन भइसकेको र प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रको समेत समिति गठन गरिसकिएको अध्यक्ष बजगाइले जानकारी दिनु भयो ।
संगठन बिस्तारकै क्रममा भदौ २६ गते शनिबार बिद्यार्थी संगठन प्रजातान्त्रीक राष्ट्रिय युवा संघको नगरसमिति गठन हुने र केही दिन पछि महिला र युवा संगठनको समेत नगर समिति गठन गर्ने गरी कार्य अघि बढाईएको अध्यक्ष बजगाइले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
नगरसमितिमा पदाधिकारी चयन
राप्रपा मेचीनगरको गत चैत ६ गते सम्पन्न नगर अधिवेशनबाट अध्यक्ष र १७ सदस्यीय नगरसमिति निर्वाचित भएकोमा बिधान अनुसार नगरसमिति बिस्तार र पदाधिकारी चयन गरिएको अध्यक्ष बजगाईले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
बजगाइका अनुसार २०७८ साउन २९ र ३० गते सम्पन्न नगरस्तरिय भेलाले नगरसमितिमा २६ जना सदस्य मनोनयन गरी नगरसमिति ४३ सदस्य बनाइएको छ । त्यस्तै नगरसमितिमा दुईजना उपाध्यक्षमा घनश्याम लामिछाने र होमबहादुर बिष्टलाई चयन गरिएको छ । थप एक जना उपाध्यक्ष पछि चयन गरिने अध्यक्ष बजगाइले बताउनु भयो ।
त्यस्तै नगरसचिवमा बिशालकृष्ण बाँस्तोला, सह सचिवमा राम भारती र कोषाध्यक्षमा डम्बर कुमारी राउत चयन हुनु भएको छ । थप एक जना सहसचिव पछि चयन गरिने नगरसचिब बाँस्तोलाले बताउनु भयो ।
नगर समितिको कामलाई चुस्त तुरुस्त बनाउन बिधान अनुसार ११ सदस्यीत नगर कार्यसम्पादन समिति केही दिन पछि गठन हुने सचिव बाँस्तोलाले बताउनु भयो ।