मेचीनगर, भदौ २४ । जनप्रतिनिधिका रुपमा सफल साबित भएका झापा मेचीनगर ४ का वडा अध्यक्ष नविन बरालले नेपाली काँग्रेसको मेचीनगर सभापतिमा उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
बरालले आज काकरभिट्टामा पत्रकार सम्मेलन मार्फत नगरसभापतिको उम्मेद्वारी घोषणा गर्नु भएको हो । ‘मेरो उम्मेद्वारी काँग्रेसलाई बलियो बनाउन हो’ पत्रकार सम्मेलनमा बरालले भन्नुभयो, ‘अब हुने सबै खाले आम निर्वाचनमा काँग्रेसका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
काँग्रेस मेचीनगरका सहसभापति समेत रहनु भएका नेता बरालले नगरसभापतिका अन्य आकाँक्षीहरुलाई समेत समेटेर अघि बढ्ने आफ्नो योजना रहेको पत्रकार सम्मेलनमा बताउनु भयो । वहाँले भन्नुभयो, ‘नगरसभापतिमा अरु साथीहरुको पनि आँकाक्षा सुनेको छु म वहाँहरु सबैलाई समेटेर अघि बढ्छु ।’
साबिक बाहुनडाँगी गाबिसका काँग्रेस सभापति समेत रहिसक्नु भएका नेता बरालले चुनाव भए पनि आफुले नै नगरसभापति जित्ने र सहमति भए पनि आफ्नै नाममा सहमति हुने दाबी गर्नु भयो । मेचीनगरको जनप्रतिनिधिको रुपमा काम गर्दा देखेका नगर बिकासको सभ्भावनालाई पार्टीको नेतृत्व गरेर कार्यन्वयनमा आफुले योगदान दिन सक्ने बरालको भनाइ छ ।
बिपि कोइरालाको जन्मजयन्तीको अवसर पारेर उम्मेद्वारी घोषणा गर्नु भएका बरालले नगरको सामाजिक बिकास समितिको संयोजक तथा कोभिड नियन्त्रण कार्यदलको संयोजक भएर नगरका सबै वडाहरुमा काम गरेको र सबैलाई सहयोग नै गरेका कारण पनि आफुलाई नगरसभापतिमा सबैले सकरात्मक सहयोग गर्ने वहाँले बताउनु भयो ।
साबिक बाहुनडाँगी गाबिसका नेपाल तरुण दलको सभापति, बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष, रोटरी क्लब अफ काकरभिट्टाका बोड समिति सदस्य, शहिद विश्वनाथ घिमिरे प्रतिष्ठानका उपाध्यक्ष लगायत थुप्रै संस्थामा समेत सक्रिय रहनु भएका युवा नेता बरालले अब आउने निर्वाचनमा आफु जनप्रतिनिधिका रुपमा चुनावमा उम्मेद्वार नहुने भन्दै नगर सभापति भएर काँग्रेसका सबै उम्मेद्वारलाई चुनावमा जिताउने लक्ष्य लिएको बताउनु भयो ।
उम्मेद्वारी घोषणाको पत्रकार सम्मेलनमा सहभागि मेचीनगर ४ का काँग्रेसका वडा सभापति सागर कार्कीले बराललाई नगरसभापति बनाउन साबिक बाहुनडाँगी क्षेत्र मात्र होईन मेचीनगरका सबै वडाका क्षेत्रिय प्रतिनिधिहरुले सहयोग गर्ने बताउनु भयो ।
मेचीनगर ४ को वडा अध्यक्षमा निर्वाचित भए पछि वडास्तरिय योजना तयार गर्न र स्थानीयस्तरको बिकास निर्माणमा बिषेश ध्यान दिएको भनेर आम वडा बासीहरुले समेत प्रशसां गरेको बराललाई वडा अध्यक्षका रुपमा अन्य राजनितिक दलका नेता कार्यकर्ताले समेत रुचाउने गरेको स्थानीयहरुले बताउने गरेका छन ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशन भदौ २७ गते सम्पन हुन गइरहेको छ ।