झापा, भदौ २० । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत झापामा अधिकाशं वडाहरुमा सर्बसम्मत नेतृत्व चयन भएको छ । झापाका १२१ वडा मध्ये अहिलेसम्म ७५ वटा वडामा सर्बसम्मत वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएको नेपाली काँग्रेस झापाले जनाएको छ ।
काँग्रेस झापाले दिएको जानकारी अनुसार अहिलेसम्म मेचीनगरको वडा नं. १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२ र १५ गरी १२ वटा वडामा सहमति भएको छ । त्यस्तै बुद्धशान्ति गाउँपालिका १, २, ६ र ७ गरी ४ वटा वडामा सहमति भएको छ ।
त्यसैगरी अर्जुनधारामा ४, ५, ६, ८, ११ नम्बर वडामा सहमतिमा नेतृत्व चयन भएको छ । बिर्तामोडमा १, २, ६, ८, ९, १० नम्बर वडाहरुमा सर्बसम्मत भएको छ ।
त्यस्तै कनकाइ नगरपालिकाको वडा नं. २, ६, ८ र ९ मा सर्बसम्मत नेतृत्व चयन भइसकेको काँग्रेस झापाले जनाएको छ । कचनकवल गाउँपालिकाका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाका सबै ७ ७ वटै वडाहरुमा सर्बसम्मत वडा समिति र क्षेत्रिय प्रतिनिधि छनौट भएको काँग्रेसले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिकाको वडा नं. ५ र ६ मा सहमति भइसकेको छ भने गौरादह नगरपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ मा सहमति भएको क्षेत्र नं. ५ का काँग्रेस सभापति ढुण्डीराज भण्डारीले जानकारी दिनु भयो । त्यस्तै दमक नगरपालिकाको २, ४, ५, ६, ७ र ८ नम्बर वडाहरुमा सहमति भइसकेको क्षेत्रिय सभापति भण्डारीले जानकारी दिनु भयो । वहाँका अनुसार कमल गाउँपालिकाको वडा नं. २ मा मात्र सहमति भएको छ ।
त्यसैगरी शिवसताक्षी नगरपालिकाको वडा नं. ३, ६ र १० मा सहमति भएको छ भने हल्दिबारी गाँउपालिकाको सबै ५ वटा वडाहरुमा सहमति भइसकेको छ ।
सहमति हुन नसकेका वडाहरुमा आज पनि सहमतिको प्रयास भइरहेको र सहमति हुन नसके मतदान प्रक्रियाबाटै भए पनि आज झापाका सबै वडा अधिवेशन सम्पन्न हुने काँग्रेस झापाका एक नेताले बताउनु भयो ।