झापा, भदौ २० । झापाको मेचीनगर नगरपालिकामा आजदेखि जेष्ठ नागरिक र शिक्षकहरुलाई एस्टाजेनेका खोप लगाइदैंछ । कोरोना बिरुद्धको पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राका रुपमा आजदेखि स्टाजेनाका खोप लगाउन लागिएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका ६५ बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरु, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत अन्य दोस्रो मात्रा लगाउन बाँकी रहेका सबैलाई एस्टाजेनेका खोप लगाइनेछ ।
नगरपालिकाले दिएको जानकारी अनुसार आज मेचीनगर वडा नं. १, ३, ५, ७, ८, ९, १०, १२ र १३ मा खोप लगाइने छ । त्यस्तै वडा नंं. २, ४, ६, १०, ११, १४ र १५ मा पनि भदौ २१ गते नै खोप लगाइने भएको छ । त्यस्तै गरी वडा नंं ४, ६ र १० मा भदौ २२ गते समेत खोप लगाइनेछ ।