झापा, भदौ १९ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शुरु भएको वडा अधिवेशनमा झापाको मेचीनगर नगरपालिकाका १२ वटा वडामा सर्बसम्मत कार्यसमिति र क्षेत्रिय प्रतिनिधि चयन भएका छन ।
मेचीनगरको १५ वटा वडा मध्ये अहिलेसम्म वडा नं. १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२ र १५ मा वडा सभापति सहित कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु सर्बसम्मत चयन भएको नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
बुढाथोकीले दिएको जानकारी अनुसार मेचीनगर वडा नं. १, मा हेमलाल गुरागाई, वडा नं. २ मा नगेन्द्र रिजाल वडा सभापति चयन हुनु भएको छ । त्यस्तै वडा नं. ३ मा सन्तोस दाहाल, वडा नं. ४ मा सागर कार्की, वडा नं. ६ मा पारस सुवेदी र वडा नं. ७ मा कञ्चन बराल वडा सभापतिमा सर्बसम्मत चयन हुनु भएको छ ।
त्यस्तैगरी वडा नं. ८ मा गिरीराज धमला, वडा नं. ९ मा उद्धब बानियाँ, वडा नं. १० मा चन्द्र बहादुर तिवारी, वडा नं. ११ मा भक्त तामाङ, वडा नं. १२ मा ज्ञान बहादुर तामाङ र वडा नं. १५ मा बिर्खलाल राजबंशी वडा सभापतिमा सर्बसम्मत चयन हुनुु भएको नगरसभापति बुढाथोकीले सेतोपत्रलाई जानकारी दिनु भयो ।
मेचीनगरका वडा नं. ५, १३ र १४ मा भने अहिलेसम्म सहमति हुन नसकेको बुढाथोकीले बताउनु भयो । ती वडाहरुमा पनि सहमतिको प्रयास जारी रहेको बुढाथोकीले बताउनु भयो । सहमति हुन नसकेका वडाहरुमा भोलि मतदान प्रक्रियाद्वारा वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु चयन गरिने काँग्रेसले जनाएको छ ।