झापा, भदौ १८ । झापाको मेचीनगर नगरपालिकामा भदौ २० गते आइतबारदेखि कोरोना बिरुद्धको स्टाजेनेका खोप लगाइने भएको छ । भारतिय कोभिसिल्ड खोप पहिलो मात्रा लगाएका जेष्ठ नागरिक तथा अन्य अक्षीत समुहका ब्यक्तिहरुलाई दोस्रो मात्राका रुपमा स्टाजेनेका खोप लगाइने मेचीनगर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार भदौ २० गते मेचीनगर वडा नं. १, ३, ५, ७, ८, ९, १०, १२ र १३ मा खोप लगाइने छ । त्यस्तै वडा नं. २, ४, ६, १०, ११, १४ र १५ मा पनि भदौ २१ गते नै खोप लगाइने भएको छ । त्यस्तै गरी वडा नंं ४, ६ र १० मा भदौ २२ गते समेत खोप लगाइने नगरपालिकाले जनाएको छ ।
भारतले पर्याप्त खोप उपलब्ध नगराएका कारण कोभिसिल्ड खोप पहिलो मात्रा लगाएर बसेकाहरुले लामो समयसम्म दोस्रो मात्रा खोप लगाउन पाएका थिएनन । कोभ्याक्स सुविधा अन्तर्गत जापान सरकारले बेलायतमा उत्पादन भएको स्टाजेनेका खोप नेपाललाई उपलब्ध गराए पछि कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा स्टाजेनेका खोप लगाउन लागिएको हो ।
भारतिय कम्पनीले उत्पादन गरेको कोभिसिल्ड र बेलायतले उत्पादन गरेको स्टाजेनेकाको फर्मुला एउटै भएकाले कोभिसिल्ड पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा एस्टाजेनेका दिन मिल्ने बिज्ञहरुले यस अघि नै बताइसकेका छन ।
