झापा, भदौ १८ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दर्ता गर्न चाहने काँग्रेसका क्रियाशिल सदस्यले उम्मेद्वारी दर्ता शुल्क तिर्नु पर्छ ।
नेपाली काँग्रेसको निर्वाचन निर्देशिका २०७८ ले सबै तहका उम्मेद्वारका लागि दर्ता शुल्क तोकेको छ । काँग्रेसले अधिवेशनमा उम्मेद्वार हुन चाहनेहरुका लागि विभिन्न पदमा १०० देखि ३० हजारसम्म उम्मेद्वारी शुल्क तिर्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
भदौ १८ गते वडा अधिवेशनबाट शुरु हुने काँग्रेसको १४ महाधिवेशनका उम्मेद्वाहरुले निम्नानुसार उम्मेद्वारी शुल्क सम्बन्धीत निर्वाचन समितिलाई बुझाउनु पर्नेछ ।
गाउँपालिका / नगरपालिका वडा कार्यसमिति
सभापति : ५००।–
उपसभापति, सचिव र सहसचिवः ३००।–
प्रदेशसभा क्षेत्रिय प्रतिनिधिः ५००।–
वडा सदस्यः १००।–
गाउँपालिका कार्यसमिति :
सभापति : २०००।–
उपसभापति, सचिव र सहसचिवः १०००।–
सदस्यः ५००।–
नगरपालिका कार्यसमिति :
सभापति : ४०००।–
उपसभापति र सचिव : ३०००।–
सहसचिव : २०००।–
सदस्यः १०००।–
महानगरपालिका / उपमहानगरपालिका कार्यसमिति :
सभापति : ५०००।–
उपसभापति र सचिव : ३०००।–
सहसचिव : २०००।–
सदस्यः २०००।–
प्रदेश सभा क्षेत्रिय कार्यसमिति :
सभापति : ५०००।–
उपसभापति र सचिव : ३०००।–
सहसचिव : २५००।–
सदस्यः २०००।–
प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति :
सभापति : ७०००।–
उपसभापति र सचिव : ५०००।–
सहसचिव : ४०००।–
सदस्यः २०००।–
जिल्ला कार्यसमिति :
सभापति : १००००।–
उपसभापति र सचिव : ७०००।–
सहसचिव : ६०००।–
सदस्यः ३०००।–
प्रदेश कार्यसमिति :
सभापति : १५०००।–
उपसभापति, महामन्त्री र सहमहामन्त्री : ११०००।–
सदस्यः ५०००।–
केन्द्रीय कार्यसमिति :
सभापति : ३००००।–
उपसभापति र महामन्त्री, : २५०००।–
सहमहामन्त्री : २००००।–
सदस्यः १००००।–
प्रदेश महाधिवेशन प्रतिनिधि : ३०००।–
केन्द्रीय महाधिवेशन प्रतिनिधि : ५०००।–
केन्द्रीय महासमिति सदस्य : ७०००।–