झापा, साउन ३२ । झापामा लगाइएको निषेधाज्ञा भदौ १ गतेबाट हटाइएको छ । आजराति मध्यरातबाट भदौ १० गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय झापाले नयाँ आदेश जारी गरेको छ ।
आज बसेको जिल्लास्थीत कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकले जिल्लामा निषेधाज्ञा हटाएर जनजीवन खुकुलो पर्ने तर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जारी गर्नु भएको आदेश अनुसार भदौ १ गतेदेखि १० गतेसम्मका लागि खाद्यान्न, तरकारी, फलफुल माछा मासु, दुध डेरी पसल दैनिक बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने छ । त्यस्तै अन्य पसल ब्यवशायहरु जस्तै पुस्तक पसल, हार्डवेयर तथा निर्माण सामग्रीजन्य पसल, इलेक्ट्रोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्ता कपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी मोटरसाइकल शोरुम, मेशीनरी तथा मेशीनरी र फर्निचर पसल दैनिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश निम्नानुसार छ ।