मेचीनगर, साउन ३१ । झापा मेचीनगरका ब्यवशायीहरुले भदौ १ गतेदेखि सम्पूर्ण ब्यपार ब्यवशाय खुल्ला रुपमा सञ्चालन गर्ने घोषणा गरेका छन । कोराना भाइरसको कारण देखाउँदै लामो समयदेखि ब्यापार ब्यवशाय ठप्प हुँदै चरम आर्थिक संकट पैदा भएको भन्दै ब्यवशायहरुले यस्तो घोषणा गर्न बाध्य भएको होटल ब्यवशायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले सेतोपत्रलाई बताउनु भयो ।
सरकारले घोषणा गरेको लकडाउन अवधिको बैकिङ्ग कारोवारमा लाग्ने व्याज हर्जना तथा व्यवसाय कर नियमित लागिरहने तर ब्यापार ब्यवशाय भने सञ्चालन गर्न नपाइने भए पछि भदौ १ गतेदेखि आ आफ्ना ब्यवशाय सञ्चालन गर्ने भन्दै मेचीनगर १५ वटा ब्यवशायीक संघ संस्थाहरुले आज सामुहिक रुपमा मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन ।
नगरप्रमुख बिमल आचार्यलाई ज्ञापन पत्र बुझाउँदै ब्यवशायी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले लकडाउनको प्रभावमा परेका सबै व्यपार, व्यावसाय, होटल, यातायात, ट्राभल्स, पसललगायत सबैखाले व्यवसाय स्वास्थ्य मापदण्डको पालना गरि खोल्न पाउनुपर्ने र पीसीआर रिपोर्ट तथा दुवै खोप कार्ड भएकाहरुलाई सीमामा आवत जावतमा सहज वातावरण निर्माण गरिदिन स्थनीय सरकारलाई आग्रह समेत गरेका छन ।
होटल व्यवसायी संघ, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल) होटल व्यवसायी महासंघ महासचिव राजु अधिकारी, पूर्व मेची वस व्यवसायी प्रालि मेचीनगर अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यवसायी संघ, मेचीनगर अध्यक्ष भुपाल सिवाकोटी, झापा ट्राभल्स संघ अध्यक्ष निरबहादुर कार्की, नाटा, १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायी प्रालि अध्यक्ष केशव गिरी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष अध्यक्ष विष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष खडानन्द भण्डारी, सुनौलो संयुक्त यातायात प्रालि अध्यक्ष भुपाल ओली, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालि अध्यक्ष गणेश चौहान, नेपाल पर्यटन श्रमिक संघ अध्यक्ष विजय सुवेदी, राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय सदस्य ज्ञानेन्द्र घिमिरे, नेपाल यातायात मजदुर संघ, अध्यक्ष विशाल तामाङ र काँकरभिट्टा टेक्सी व्यवासयी प्रालि अध्यक्ष डिल्लीकुमार कार्कीको नाम र हस्ताक्षरसहितको ज्ञापन पत्र नगरपालिकामा बुझाईएको हो ।