झापा, साउन ३० । झापाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका ३ जना आमन्त्रित केन्द्रीय सदस्य सहित २२ जना आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन । राजीनामा दिनेमा झापाका सुधिरकुमार शिवाकोटी, गोपालकुमार बस्नेत र दिलिप राई सहित २२ जना छन ।
पार्टीमा आफ्नो हैसियतको विषय उठाएर २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले हिजो सामुहिक राजीनामाको घोषणा गरेका हुन । पार्टीको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गएको बेला २२ जनाको राजीनामाले पार्टीमा तरंग उत्पन्न गरि दिएको छ ।
हामीले सामुदायिक राजीनामा दिएका हौूँ झापाबाट आमन्त्रित केन्द्रीय सदस्य रहेक सुधीरकुमार शिवाकोटीले भन्नुभयो, ‘प्रोटोकलमा ठूलो देखाउने तर हौसियत प्रदेशसभाको पराजित उम्मेदवार जत्तिको पनि नहुने भएपछि किन बस्नु भनेर राजीनामा दिएका हौँ ।’
सांसदका उम्मेदवार, प्रदेश उम्मेदवार लगायतको हैसियत आमन्त्रित केन्द्रीय सदस्यको भन्दा माथि हुन्छ भने आफूहरू किन पदमा बसेको जस्तो देखाउनु भनेर राजीनामा दिएको शिवाकोटीले बताउनु भयो । हैसियत नै नभएको र महाधिवेशनमा वडा तहबाट नै चुनाव लड्नु पर्ने अवस्था रहन्छ भने आमन्त्रितको बिल्ला झुण्ड्याएर बस्न अनुपयुक्त ठानेर सामुहिक राजीनामा दिएको शिवाकोटीको भनाइ छ ।
काँग्रेसको बिधानमा बर्तमान केन्द्रीय सदस्य, संघ र प्रदेश सांसदमा उम्मेद्वार रहेका ब्यक्ति लगायतले महाधिवेशनमा एक पटकका लागि क्षेत्रीय प्रतिनिधिका लागि वडाबाट आउनु नपर्ने ब्यवस्था छ तर आमन्त्रित केन्द्रीय सदस्यहरुले भने वडाबाटै क्षेत्रिय प्रतिनिधि भएर आउने पर्ने अवस्था छ ।
सामुहिक राजीनामा दिने २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु ।
१) सुधीरकुमार शिवाकोटी (झापा)
२) गोपालकुमार बस्नेत (झापा)
३) दिलीप राई (झापा)
४) आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५) नरेन्द्रकुमार चौधरी (सुनसरी)
६) हसन अन्सारी (मोरङ)
७) किरणराज शर्मा पौडेल (बाग्लुङ)
८) रमा कोइराला पौडेल (सुनसरी)
९) कृष्णकिशोर घिमिरे (दाङ)
१०) कुमार खड्का (कास्की)
११) नन्दनकुमार दत्त (सुनसरी)
१२) मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३) ध्रुव वाग्ले (तनहुँ)
१४) मोहनसिंह राठौर (कैलाली)
१५) शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६) अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७) दयाराम पाण्डे (लम्जुङ)
१८) जनकराज कलौनी (डडेल्धुरा)
१९) भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०) बालकृष्ण पाण्डेय (नेजस भारत)
२१) आशाराम चौधरी
२२) राजेन्द्रबहादुर सिंह