झापा, साउन २२ । कोरोना भाईरस बिरूद्भको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले साउन २५ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन । लामो समयदेखि कोभिसिल्ड लगाएर बसेकाहरूका लागि मात्रै दोसो मात्रा साउन २५ गतेदेखि लगाउन शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एस्टेजेनेका खोप भुटानबाट ३ लाख आज बिहान काठमाण्डौ आइपुगेको र जापानले दिने १६ लाख शनिबार देखि आउन शुरू गर्ने भए पछि सरकारले यश अघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूलाई दोस्रो मात्रा लागाउन लागेको हो ।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई पटक गरेर ८ लाख मात्रा खोप आउने छ र बाँकी ८ लाख मात्रा खोप १० दिनपछि आउने निश्चित भएको छ ।
पहिलो चरणमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने र दोस्रो चरणमा प्रदेश १ र २ मा एस्टेजेनका खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अघि भारतिय उत्पादन रहेको कोभिसिल्ड खोप र बेलायतको उत्पादन एस्टेजेनेका खोप एउटै सुत्रमा निर्माण भएकाले पहिलो मात्रा कोभिसिल्ड लगाएकाहरुले दोस्रो मात्रा एस्टेजेनेका खोप लगाउन मिल्ने बिज्ञहरुले यस अघि नै बताइसकेका छन ।
६५ बर्ष माथिका जेष्ठ नागरिक, शिक्षक, पत्रकार लगायत करीब १४ लाख ब्यक्ति कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा छन ।