मेचीनगर, साउन २१ । झापामा आज ४१८ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा अहिलेसम्म एकै दिन यो नै सबैभन्दा धेरै संक्रमित भएको संख्या हो ।
जिल्लाका १५ वटै स्थानीय तहमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ । आज संक्रमित हुनेमा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १२२ जना, दमकमा ६५ जना, कनकाइमा ५६, अर्जुनधारामा ४६, मेचीनगरमा ३१ र शिवसताक्षीमा २६ जना संक्रमित थपिएका छन ।
त्यसैगरी भद्रपुरमा २२ जना, बुद्धशान्तिमा १२, कमल गाउँपालिकामा १२, गौरादहमा ९, हल्दिबारीमा ५, बाह्रदशीमा ४, गौरीगञ्जमा ३, झापा गाउँपालिकामा १ जना तथा ४ जना झापाकै भए पनि स्थानीय तह नखुलेका समेत गरी आज मात्रै झापामा ४१८ जना नयाँ संक्रमित थपिएका हुन ।
झापाको कोटिहोम स्थीत पिसिआर परिक्षण प्रयोगशालामा समस्या आएका कारण बिराटनगरको प्रयोगशाला र भद्रपुरस्थीत मेची अस्पतालको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा आज ४१८ जना संक्रमित पुष्टी भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनु भयो ।
झापामा आज कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अुनसार बुद्धशान्ति गाउँपालकाका ७२ बर्षिय पूरुष र सुनसरी घर भएका झापामा उपचार गराइरहेका ७० बर्षिय पूरुषको आज मृत्यु भएको हो ।