मेचीनगर, भदौ २१ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण झापामा आज एक जनाको मृत्यु भएको छ । कन्काई नगरपालिका वडा नं ३ की ४५ बर्षीया महिलाको आज धरानमा उपचारको क्रममा निधन भएको हो ।
मृतक महिला अन्य रोगका कारण धरानमा उपचारत रहेकी बताइएको छ । गएको १८ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । योसंगै झापामा कोरोनाको संक्रमणका कारण निधन हुनेको संख्या २ पुगेको छ ।
त्यस्तै आज झापामा ३२ जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय झापाका कोभिड सम्पर्क ब्यक्ति जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापामा आज १२ स्वास्थ्यकर्मी, १५ स्थानीय र ३ सुरक्षाकर्मी सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा मेचीनगरमा २ सुरक्षाकर्मी, १ स्वास्थ्यकर्मी र ३ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका सहित ६ जना, बिर्तामोडमा ११ जना स्वस्थ्यकर्मी र ३ स्थानीय सहित १४ जना रहनु भएको छ । त्यस्तै कमल गाउँपालिका वडा न ३ का ३ महिला र ८ पुरुष गरी ११ जना स्थानीय रहनु भएको छ ।
झापाका कुल संक्रमित ६७६ रहँदा संक्रमण मुक्त हुनेको संख्या ४८१ छ भने जिल्लामा सक्रिय संक्रमितको संख्या १६६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश नं १ मा आज मोरङ २९, सुनसरी ८६, उदयपुर १, ओखलढुंगा १, ताप्लेजुङ १, भोजपुर १, संखुवासभा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैबिच नेपालमा आज ९८० कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ३८२ वटा पीसीआर परीक्षणमा ९८० जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
एकैदिन १८१४ जना संक्रमण मुक्त
नेपालमा आज देशभर पछिल्लो २४ घण्टामा १८१४ निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या २८ हजार ९४१ पुगेको छ । जुन कुल संक्रमितको ६३ प्रतिशत रहेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १७२७ रहँदा क्वारेन्टाइनमा रहनेको संख्या ४७०१ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका संक्रमित मध्ये १७४ जना आइसियूमा रहेर उपचार गराई रहेको छन भने भेन्टिलेटरमा रहेर उपचार गराउने बिरामीहरुको संख्या २७ रहेको छ ।
आज ९ जनाको मृत्यु
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुष गरी ९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
मोरङकी ६४ बर्षीय र झापामा ४५ बर्षीय महिला तथा मोरङको ४५ बर्षीय पुरुष सहित २ महिला र ७ पुरुषको आज कोरोनाको संक्रमणका कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ