अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप सहयोग दिने भएको छ | नेपालमा छिट्टै यो खोप आउने बताइएको छ | यसको लागि अमेरिकी सरकारप्रति हामी कृतज्ञ छौं | यो १५ लाख डोज भनेको अन्य कम्पनीको ३० लाख डोज सहयोग गरे बराबर हो |
- यो खोप अमेरिकाका फाइजर र मोडेर्नाजस्तै MRNA प्रबिधिबाट बनेको खोप हैन | यो भेक्टर बर्न खोप हो | कोभिशिल्ड पनि भेक्टर बर्न खोप हो |
- यो खोप २-८ डिग्री तापक्रममा राख्न मिल्छ |
- प्रमुख कुरा त यो सिंगल डोज भ्याक्सिन हो | एउटा खोप लगाएपछि लामो समयसम्म काम गर्ने बताइएको छ |
- यो खोप ९० लाख अमेरिकनले लगाइसकेका छन् |
- प्रति १० लाख ६ जना महिलामा रगत जम्ने समस्या देखिएको हुँदा केहि समय खोप स्थगित गरिएको थियो | यस्पो साइड इफेक्ट ३८ - ५९ बर्षका महिलामा देखिएको थियो | अमेइकन सिडिसीले ६० बर्षमाथिका महिला तथा १८ बर्षमाथिका पुरुषमा समस्या नदेखिएको जनाएको छ |
- यो खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरससंग लड्ने एन्टिबोडी बन्दछ |
- एकपटक लगाए डोज पुग्ने भएकोले दोस्रो मात्राको झन्झट हुँदैन | त्यसैले यो खोप लोकप्रिय छ |
- गर्भवती, सुत्केरी, खोपको घटकका एलर्जी भएका व्यक्ति तथा रगतसम्बन्धि समस्या भएका व्यक्तिले यो खोप नलगाउनु उचित हुने जनाइएको छ | प्राय : सबै खोपमा यस्तै प्राबधान राखिएको छ |
- यो खोपले डेल्टा भाइरसमा पनि राम्रो काम गर्ने जनाइएको छ |
- यो खोपले कोरोना संक्रमण सर्ने तथा सरेपनि सिकिस्त नहुने हुन्छ |
- सिडिसीका अनुसार यो खोपको प्रभावकारिता ६६ . ३ % छ |
- यो खोप अन्य कोभिड खोप लगाएका व्यक्तिले दोस्रो मात्राको रुपमा लगाउनु हुँदैन | यो खोप भेक्टर बर्न भएकोले कोभिशिल्ड खोप लगाएका व्यक्तिले भविष्यमा लगाउन मिल्ने हुनसक्छ | यसको लागि ठूलो अनुसन्धान र डाटा आबश्यक हुन्छ |