धुलाबारी, असार २५ । झापाको मेचीनगर नगरपालिकामा सहयात्रा महिला समुह धुलाबारीका रुपमा नयाँ संस्था स्थापना भएको छ । मेचीनगर ९ का अगुवा महिलाहरुले संगठित रुपमा सामाजिक सक्रियता जनाउने उद्देश्यले सहयात्रा महिला समुह स्थापना गरेको बताएका छन ।
सन्ध्या भण्डारीको अध्यक्षमा आज घोषणा गरिएको सहयात्रा महिला समुहको उपाध्यक्ष झुमा पौडेल, सचिव शिला सापकोटा, कोषाध्यक्ष अनुपमा श्रेष्ठ र सहसचिवमा खिलु नेपाल रहनु भएको समुहकी जनसम्पर्क अधिकारी सबिता भेटवालले सेतोपत्रलाइ जानकारी दिनु भयो ।
१८ सदस्यीय कार्यसमिति घोषणा गरिएको महिला समुहका सदस्यहरुमा लक्ष्मी कटुवाल, दीपा पौडेल, प्रमिला दाहाल, सरोजिनी श्रेष्ठ, बिमिशा भण्डारी, सरस्वती सिटौला, आशा कटुवाल, गीता मगर, मञ्जु भट्टराई, गरिमा निरौला, राधादेवी पराजुली र रुक्मिणा भण्डारी रहनु भएको छ ।
अनुभवी र स्थानीयस्तरमा अभिभावकीय भुमिका निर्वाह गरिरहेका महिलाहरु सम्मिलित सहयात्रा महिला समुहले समाज रुपान्तरणको समग्र बिषयमा चासो राख्दै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जनसम्पर्क अधिकारी भेटवालले बताउनु भयो ।