कृष्ण सिग्देल / वडा अध्यक्ष मेचीनगर १३ ।
म अस्पताल बाट डिस्चार्ज भएको छु । म स्वस्थ्य भैसकेको छैन । तै पनि जनताको सेवा गरिरहेको छु । मेरो देब्रे हातको पाता र पेटमा गम्भीर असर छ । मैले मेरो उपचार गराएको पैसा म आफै तिर्छु । जनताको करको पैसा न पा बाट मेरो उपचार खर्च भनेर लिदिन । मैले जेसिबी लिएर गएको हैन । म नेपाल आयल निगमको अफिस मा जाँदै गर्दा जेसिबी लागेको ठाउँमा निस्किएको मात्र हु ।
यो सबै कुरा घर डुबानमा परेका परिवारको तर्फबाट ढल जाम भएको बिसयमा बार्ता भएको छ जेसिबी पठाई दिनु भनेर पुस्प भट्टराई ज्यु को फोन आयो । मैले मेयर साब र एक जना अधिकृत ज्यु को फोन न दिए घर डुबान पिडितले आफै जेसिबी बोलाउनु भको हो । मैले पनि पुस्प भट्टराईको मोबाईल बाट अर्जुन थेबे दाईलाई ८/१० पटक फोन गरेको थिए फोन उठेन र बाहिर जे हल्ला छ तर भित्री कुरा त्यस्तो छैन । म अन्यायमा परेको छु, म माथी ईटा ढुङ्गा हात लात सबै प्रयोग भएका छन । भागेर ज्यान बचाएको छु ।
प्रहरीको उपस्थितिमा पनि मलाई कुट्ने मान्छे डुक्रीएर हिनिरहेको म देखिरहेको छु । मलाई २ जनाबाट साङ्घातिक आक्रमण भएको छ । म वडा अध्यक्ष भएको ४ बर्ष यता म माथी यस्तो आक्रमण भएको यो ५औ पटक हो । गरिब हुनु नै मेरो दोश हो भने, पटक पटक कुटाई खानु पर्ने कारण हो भने, मलाई जनताले कुटाई खान पठाउनु भएको हो भने म गरिब छैन । बुझे हुन्छ जनता हुन मेरो सम्पत्ती हुन । अब जनतालाई प्रश्न छ मेरो । सत्य तथ्य खुलोस, म सग एक पटक मेरो पनि कुरा नसुनी एकलौटी गलत समाचार लेखेर मेरो चरित्र हत्या किन गरियो ? मेरा जनता लाई म माथीको यो अन्याय मान्य हुन्छ भने वडा अध्यक्ष को त्यो कुर्सीमा मलाई बस्नु छैन राजिनामा दिन तयार छु ।
अब गरिब भए बापत मेरो वडामा कसैले कुटाई खानु पर्दैन, गरिबलाई कुटाई खान दिन्न र मलाई फुटबल झै जस्ले लात हाने पनि हुने के हो ? अब जनता बोल्नेछन । ठिक छ म सहुला तर मेरा प्यारा जनता कुटिन दिन्न । गुण्डा राज चल्न दिन्न । मेरो यो प्रण हो । मलाई दोशी ठहर गरेर जेलमा कोच । छिटो गर, किनकी म सग न्याय किन्ने पैसा छैन । सत्य बोल्दा अकडो भनिन्छ, न्याय दिदा घमण्डी भनिन्छ, आफ्नो बिचार राख्दा कोकल्याटो भनिन्छ भने मलाई न्याय मेरा प्यारा जनताले दिनेछन् ।
अन्त्यमा हाम्रो परिवार बाट आज सम्म कोहि कसैलाई न मुद्दा हालिएको छ न उजुरी नै गरिएको छ । बिगत देखि यो घटना सम्म बुज्नु होलार हाम्रो घर भित्र गोमन साप भेटियो भने पनि हामी मार्दैनौ । उस्को बासस्थान सम्म पु(र्याउछौ । हामीले पीडा बुजेकाछौ दुख सुख बुझेका छौ आफ्नो पनि र अरुको पनि त्यसैले न्याय मर्दैन । अहिलेलाई यतिनै ।