झापा, असार २१ । झापाका सहित पुर्वका ४ जिल्लामा अब नाम मात्रको निषेधाज्ञा थप भएको छ । झापा, मोरङ, सुनसरी र इलामका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसी एकै प्रकारको निषेधाज्ञा थप गर्ने निर्णय गरेसंगै ति जिल्लाहरुमा सार्वजनिक यातायात देखि होटल तथा रेष्टुरेन्टहरु समेत खुल्ला हुने भएका छन ।
प्रमुख जिल्ला अधिकारीहरुको छलफल पछि जिल्ला स्थीत कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकले पसलहरु खुल्ला रहने समय समेत साँझ ५ बजेसम्म लब्याइएको छ ।
आज बसेको डिसीसीएमसी झापाको बैठकले मंगलबारदेखि आगामी असार ३१ गतेसम्मका लागि निषेधाज्ञा खुकुलो बनाउँदै थप गर्ने निर्णय गरेको हो ।
झापा, मोरङ, सुनसरी र ईलाम जिल्लासम्म सार्वजनिक सवारी साधानलाई जोरविजोरमा सञ्चालन गर्न दिने निर्णय भएको सम्बन्धीत जिल्लाका जिल्ला प्रशासन कार्यालयले जनाएका छन ।
पसल, होटल तथा रेष्टुरेन्ट, सार्वजनिक यातायात, निजि सवारी साधन सञ्चालन हुने भए पनि निषेधाज्ञा भने जारी रहने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जोरबिजोर प्राणालीमा सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, यात्रुहरुले मास्क अनिवार्य लगाउनु पर्ने, बसको ढोकामा सेनिटाइजनर राख्नु पर्ने, चालक, सहचालक र सहयोगीले मास्क, भाईजर र पन्जा अनिवार्य लगाउनु पर्ने लगायतका नियम बनाईएको छ ।
सरकारी, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्न दिने भएको छ ।
सभा, सम्मेलन, सेमिनार, गोष्ठी, जुलुस लगायतका कार्य गर्न रोक लगाईएको छ भने घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउनु पर्नेछ ।
सरकारी, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्न दिने भएको छ ।