चारआली, असार २० । झापा मेचीनगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कृष्ण सुग्देलले आफुमाथी अन्याय भएको बताउनु भएको छ । वडा अध्यक्ष सिग्देलले आफुले नै पटक पटक कुटाई खाएको कुरा कसैले नउठाएको तर आफुले गर्दै नगरेको कुरा गलत ढंगबाट बाहिर ल्याइएको भन्दै गुनासो गर्नु भयो ।
शुक्रबार करीब १० परिवार ढुवानमा परेको र त्यो पानीको निकास दिएर ढुवानमा परेका परिवारलाई सहयोग गर्न खोज्दा स्थानीय अर्जुन थेवेले आफुमाथी हातपात गरेको, स्थानीयहरुकै अगाडी आफुलाई पटक पटक हिर्काएको वडा अध्यक्ष सिग्देलले बताउनु भयो ।
सेतोपत्रसंग कुराकानी गर्दै वडा अध्यक्ष सिग्देलले भन्नुभयो, ‘पानीको निकास दिन खोज्दा अर्जुन दाईले मलाई हिर्काएको देख्ने मान्छे धेरै छन ।’ थेबेलाई कसले हिर्कायो आफुलाई थाहा नभएको वडा अध्यक्ष सिग्देलले बताउनु भयो ।
‘पानीको निकास दिन नगरपालिकाको जेसिबि बोलाएको थियो’ वडा अध्यक्ष सिग्देलले सेतोपत्रसंग भन्नुभयो, ‘मलाई अर्जुन दाईले उठ्नै नसक्ने गरी हिर्काइरहनु भएको थियो म उठ्दा अर्जुन दाईको टाउमा चोट थियो, भिडमा कसले हिर्कायो मलाई थाहा भएन तर दोष मलाई लाग्यो ।’
उक्त दिनको घट्नाबाट थेबे घाइते भएको प्रति आफुलाई दुःख लागेको वडा अध्यक्ष सिग्देलले बताउनु भयो । उक्त दिनको घट्ना सडकको सिसिटिभिमार्फत सबै रेकर्ड भएको र त्यो प्रहरीमा सुरक्षीत रहेको र त्यसमा घट्नाका बारेमा तथ्य कुरा हेर्न सकिने वडा अध्यक्ष सिग्देलले बताउनु भयो ।
शुक्रबार अपरान्ह चारआली चोक पुर्व बर्षातको पानी जमेको र उक्त जेमेको पानी स्थानीयको घर भित्र पसेकाले उक्त पानीको निकास दिने बिषयमा वडा अध्यक्ष सिग्देल र स्थानीय अर्जुन थेबे बिच बिवाद हुँदा थेबेको टाउकोमा चोट लागेको थियो । थेबेको टाउकोमा ७ टाँका लगाउनु परेको थेबे परिवारले जनाएको छ । थेबे उपचार पछि स्वास्थ्यलाभ गरिरहनु भएको छ ।