मेचीनगर, असार १५ । मेचीनगरको प्रथा जातिको राजबंशी नै भएको उक्त समुदायले दाबी गरेको छ । मेचीनगर नगरपालिकाले नगरभित्र बसोबास गर्ने मेचे जातीलाई नगरको प्रथम जातिको रुपमा घोषणा गरि सम्मान गर्ने निर्णयको राजवंशी समाज सवकास समितिले असहमती जनाउदै नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
मंगलबार नगरपालिकामा ध्यानाकार्षण पत्र बुझाउदै समितिले सम्बन्धित पक्ष संग छलफलनै नगरी नगरपालिकाले एकलौटि ढंगबाट निर्णय गरिनु गलत भएको जनाएको छ । मेचीनगरका क्षेत्रका साविक गा.वि.स का नामहरु नकलबन्दा, काकरभिट्टा, धुलाबारी, ज्यामिरगढि, दुहागढि साथै गाँउका नामहरु कायाँटुली, तेलीबारी,हेद्लुबारी, गजाबारी, मदनबारी, लगायत धेरै स्थानिय ठाउका नामहरु राजवंशी भाषामा नै रहेकाले पनि राजबंशी नै मेचीनगरको पहिलो जाति भएको पुष्टी हुने राजबंशी समाजले बताएको छ ।
साथै वास्तविक प्रथम जाति हुने ऐतिहासिक अधारहरु के के हुन् भनि यसका कार्यबिधि बनाउने लगायतका बिषयहरु सहित ठोस प्रमाणहरु जुटाउन नगरपालिकाले सम्बन्धित पक्षहरुको पनि सहभागितामा एक कार्यदल गठन गरी अध्ययन अनुसन्धान गरेर मात्रै प्रथम जाति घोषणा गर्न राजबंशी समुदायले नगरपालिकासंग माग गरेको छ ।
राजबंशी समुदायले ध्यानाकर्षण गराएको अवस्थामा समेत नगरपालिकाले वेवास्ता गरे राजवंशी समाज विकास समिति चरणबद्ध आन्दोलनमा उत्रने समाजका झापा अध्यक्ष दिनेश्वर राजबंशीले चेतावनी दिनु भएको छ ।
राजवंशी समाज सिजवकास केन्द्रिय कार्यसमितिका अध्यक्ष पानीलाल राजवंशी, जिल्ला कार्य समितिका अध्यक्ष दिनेश्वर प्रसाद राजवंशी र मेचीनगर समितीका अध्यक्ष दिनेश राजवंशी द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र आज नगरपालिकामा बुझाईएको हो ।