झापा, असार १३ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको राउन्ड अफ १६ मा आज दुई खेलहरु हुदैछन । आज राति ९ः४५ मा समूह सि को पहिलो भएको टिम नेदरल्याण्ड्सले समूह डि मा तेस्रो स्थान बनाउदै यस चरणमा प्रवेश पाएको चेक गणतन्त्र सँग भिड्ने छ भने राति १२ः४५ मा समूह ए बाट प्रथम स्थानमा रहदै अघि बढेको बेल्जियमले समूह एफ बाट तेस्रो स्थानबाट यहाँ सम्मको यात्रा तय गरेको राष्ट्र पोर्चुगलसँग भिड्दैछ ।
हंगेरीको बुडापेष्टमा रहेको पुस्कास एरिना स्टेडियममा हुने आजको पहिलो खेल निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकोछ । प्रतियोगितामा व्याक्तिगत ३/३ गोल गरेका नेदरल्याण्डसका जोर्जिनियो र चेकका पेट्रिक सिक बिचको खेलका रुपमा पनि यसलाई लिईएको छ । उनीहरु दुवै आफ्नो व्याक्तिगत गोल संख्या बढाएर पोर्चुगलका रोडाल्डोलाई उछिन्न चाहान्छन ।
यस्तै आजै राति १२ः४५ मा स्पेनको सेभिलाको ला कर्टुजा स्टेडियममा पनि सर्वाधिक गोलकर्ताको होडमा रहेका बेल्जियमका रोमियो लुकाकु पनि पोर्चुगलका रोनाल्डोलाई रोक्दै आफ्नो गोल संख्या बढाउदै आफ्नो टिमलाई क्वाटरफाइनलमा पुर्याउन चाहन्छन । यसरी हेर्दा आज हुने दुवै खेलहरुमा गोलको वर्षात गराउने होडमा चारवटै टिमका मध्य पंक्ति र अग्र पंक्तिका खेलाडीहरु रहनेछन भने रक्षापंङ्ति पनि विपक्षिलाई रोकेर आफ्नो टोलिलाई क्वाटरफाइनलको यात्रा तर्फ अघि बढाउन चाहन्छन ।
पोर्चुगलका रोनाल्डोलाई आज गोल गर्नबाट रोक्न बेल्जियमको रक्षापंक्तिका बोयटा, थोमस भर्मालिन जस्ता खेलाडीहरु पुर्णरुप तयार भएर मैदानमा उत्रदा पोर्चुगलका पेपे, नेलसन सेमेडो जस्ता उत्कृष्ट खेलाडीहरु बेल्जियमका रोमयो लुकाकु र जेरेमि डोकु लाई गोल गर्नबाट रोक्न हरतरहले मैदानमा खट्नेछन । यस्तै अर्को खेलमा नेदरल्यान्डसका जोर्जोनियोलाई गोल गर्नबाट रोक्न चेकका रक्षापंङतिका भ्लादिमिर, कोफाल र टोमास कोलास जस्ता खेलाडिहरु खम्बा भएर अडिन सक्नेछन भने उता चेकका पेट्रिक सिकलाई रोक्न नेदरल्यान्डसका पेट्रिक भान, डेलि ब्लाइन्ड र डेन्जेल डमफ्राइज तयार भएर मैदानमा उत्रने पक्का छ ।
यसरी हेर्दा आजका दुवै खेलहरु पक्कै पनि निर्धारित समयमा नसकिएर अतिरिक्त समय वा ट्राई ब्रेकरसम्म पनि पुग्न सक्ने अनुमान खेल विष्लेषकहरु तथा खेलप्रेमिहरु गरिरहेकाछन् । त्यसैले पनि आजको खेल अत्यान्तै रोमान्चकताले भरिपुर्ण हुने अनुमान लगाउन सकिन्छ ।