झापा, असार १३ । गिरिजा प्रसाद कोइराला फाउण्ढेशनले उद्यमशीलता आजको आवश्यकता बिषयक बिचार गोष्ठी शनिबार सम्पन्न गरेको छ । फाउण्डेशनको ब्यवशायिकता तथा उद्यमशीलता विभागको आयोजनामा भर्चुअल रुपमा सम्पन्न भएको गोष्ठीमा विभिन्न बिषयमा बिज्ञहरुले धारणा राख्नु भएको थियो ।
विभागकी निर्देशक शान्ता बाँस्कोटा कोइरालाको अध्यक्षता तथा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको बिषेश उपस्थितीमा सम्पन्न बिचार गोष्ठीका बक्ताहरुले नेपाली युवाहरुले बिदेशी भुमिमा बगाउने पसिना नेपालमै बगाउने हो भने मुलुक सम्बृद्ध बन्न धेरै समय नलाग्ने बताएका थिए ।
कार्यक्रममा सहभागिलाई स्वागत गर्दै फाउण्डेशनकी केन्द्रीय अध्यक्ष कोइरालाले राजनितिले उद्यमशिलतालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । उद्योग र ब्यवशायीकतामा नेपाली राजनितिले अहिले पनि बिषेश ध्यान दिन नसकेकाले पनि नेपाल भित्र रोजगारी सृजना हुन नसकिरहेको कोइरालाले बताउनु भयो ।
कार्यक्रममा बिषय बिज्ञका रुपमा ब्यवशायमा युवाहरुको आवश्यकता बिषयमा बोल्दै अग्रज ब्यवशायी तथा होटल द्वारिकाजका सञ्चालक अम्बिका श्रेष्ठले नेपाललाई प्रकृतिले कृषि भुमि दिएकाले त्यसमा नै धेरै कुरा गर्न सकिने बताउनु भयो । वहाँले भन्नुभयो, ‘नेपाल कृषि भुमि हो त्यसैले कृषिजन्य उद्योग र ब्यवशायमा युवाहरु लाग्नु पर्छ ।’
उद्यम प्रबद्र्धनमा नितिगत समस्या र समाधान बिषयमा आफ्नो बिचार राख्दै पुर्व मन्त्रि डिना उपाध्यायले ब्यवशाय र उद्योगलाई प्रबद्र्धन गर्न राज्यको निति पनि त्यही अनुसार हुनु पर्ने बताउनु भयो । नितिगत रुपमा नै उद्योग, कलकारखाना र ब्यवशायको संरक्षण र प्रबद्र्धनको ब्यवस्था हुनु पर्ने उपाध्यायको भनाई थियो । आम नागरिकले आफ्नै बल बुदाले ब्यवशाय गरिरहेका भए पनि सरकारले त्यसको प्रबद्र्धनमा खासै चासो नदिएको वहाँको भनाई छ । कोरोना संक्रमणले थलिएको उद्योग ब्यवशाय क्षेत्रले सरकारको बाटो हेरिरहेको पनि उपाध्यायले बताउनु भयो ।
कार्यक्रममा ब्यवशायमा विविधिकरण आजको आवश्यकता बिषयमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले राज्यको स्पष्ट नितिको अभावमा ब्यवशायीहरुले ठुलो लगानी गर्न संकोच मान्ने गरेको बताउनु भयो । ब्यवशायको प्रकृति बढाउन सरकारी पहल आवश्यक रहेको भन्दै ब्यवशायको विविधिकरणमा सरकारी संयन्त्रको चासो नदेखिएको ढकालको भनाइ थियो ।
कार्यक्रममा जिपि कोइराला फाउण्डेशनका पर्यटन विभागका निर्देशक कुल बहादुर गुरुङ, नेपाली काँग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ, छत्रदेव गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेल, जिपि कोइराला फाउण्डेशनकी महिला विभागका निर्देशक उमा शिवाकोटी र महिला संघ झापाकी सभापति शुशिला ढकालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।