झापा, असार १३ । युरोकप प्रतियोगितामा इटाली र डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेका छन । हिजो राति भएको प्रि क्वाटर फाइनल खेलमा इटलीले अस्ट्रियालाई र डेनमार्कले वेल्सलाई हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षीत गरेको हो ।
इटालीले नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इटालीले अस्ट्रियामाथि २-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो।
खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। उनले इपिन्जोलाको पासमा गोल गरेका थिए।
इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्यो। माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका हुन्। उनलाई गोल गर्न आर्सबीले पास दिए।
अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए। यो इटालीेले जारी युरो २०२० मा खाएको पहिलो गोल हो। अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।
अस्ट्रियालाई पराजित गरेसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३१ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो। यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो।
त्यस्तै हिजो भएको पहिलो खेलमा वेल्समाथी ४-० को फराकिलो जीत निकाल्दै डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। डेनमार्कको जितमा डोलवर्गले दुई गोल गरे। उनले खेलको २७ र ४८ मिनेटमा गरी दुई गोल गरेका हुन्
यस्तकै मइल्हेले ८८ मिनेटमा डेनमार्कका लागि तेस्रो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बाथवेटले अर्को गोल गरेपछि डेनमार्कले सानदार जित हात पारेको हो।
खेलको अन्त्यतिर वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए। विपक्षी खेलाडीलाई डरलाग्दो ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधा रातो कार्ड दिएका थिए। अब अन्तिम आठमा डेनमार्कले नेदरल्यान्ड्स वा चेकमध्ये एक टिमसँग भिड्नेछ।