मेचीनगर, असार १० । देशकै सबैभन्दा धेरै जनसंख्या भएको मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि डेढ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ । बिहिबार आँठौ नगरसभामा उपप्रमुख मिना उप्रेतीले कुल १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।
आन्तरिक स्रोत तर्फ २७ करोड २७ लाख ७२ हजार ६४ रुपैयाँ, संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ २६ करोड ५८ लाख, संघीय सरकार राजश्प बाडफाडतर्फ १४ करोड ५८ लाख ६० हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ६० लाख ३७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ १ करोड ६४ लाख १० हजार २९० रुपैयाँ गरी कुल ७० करोड २३ लाख ७ हजार २९० रुपैयाँ आय उपप्रमुख उप्रेतीले प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै संघीय सरकारबाट सशर्त अनुदान चालूतर्फ ३७ करोड ५१ लाख, सशर्त अनुदान पूँजीगततर्फ ८ करोड ६९ लाख, संघीय सरकार विशेष पूँजीगततर्फ १ करोड ६६ लाख, संघीय सरकार समपुरक अनुदानतर्फ २ करोड ८ लाख गरी कुल ४९ करोड ९४ लाख समेत गरी कुल १ अर्ब २० करोड १७ लाख ७ हजार २९० को आय उप्रेतीले नगर सभामा प्रस्तुत गर्नु भयो ।
प्रदेश नम्बर १ बाट समपुरक अनुदानतर्फ १ करोड, सशर्त अनुदानतर्फ १ करोड ५० हजारसमेत आयमा देखाइएको छ । त्यस्तै नगरपालिकाको गत आर्थिक वर्षको विनियोजित रकम खर्च हुन नसकी आगामी आर्थिक वर्षको मौज्दात रकमको रुपमा रहने गरी करीब ३० करोड रकमसमेतलाई बजेटमा समावेश गरिएको छ । नगरप्रमुख बिमल आचार्यको सभापतित्वमा सम्पन्न भएको नगरसभा मार्फत प्रस्तुत भएको बजेट ४ बर्ष अघि निर्वाचित भएका जनप्रतिनिधिहरुको अन्तिम बजेट हो ।