भुपेन्द्र दाहाल / मेचीनगर ।
तीनै वटै सरकारी र अन्य निजी सबै ट्रान्सप्लान्ट सेन्टर, सुविधा सम्पन्न हस्पिटल लगायतका सबै सुविधाहरु आफूले मात्रै थोपरेको काठमाडौंले मोफसलका नागरिकलाई किन दोस्रो दर्जाको नागरिक मानेर सुविधा दिन किन नचाहेको होला ? कि काठमाडौंले देशभरिका जनतालाई काठमाडौं बोलाएर लुट मच्चाउन खोज्या हो ? काठमाण्डौं बाहिरका जनता सजग भएर कहिले खबरदारी गर्ने ?
झापा आइपुगेपछि निःशुल्क कोटा, सस्तो शुल्कमा पाइने डाइलासिस सेवाको खोजी गरियो तर पाइएन। अन्तिममा द्य७ऋ हस्पिटलमा एकपटकमा रु४२००।– तिर्नुपर्ने गरि डाइलासिसको समय मिलाइयो । पछि पछि शुल्कमा केही छुट गरि रु३८००।– समेत गरियो । यो काम त्यहाँ पुस लागुन्जेल गरियो । कम्तिमा डाइलासिस नपाएर मर्नु नपर्ने भयो । पुषदेखि भने भद्रपुरको मेची हस्पिटलमा निःशुल्क डाइलासिसको कोटा पाइयो, धेरै पापड बेलेपछि ।
झापामा भएका कुनैपनि डाइलासिस सेन्टरमा मृगौला रोग बिशेषज्ञ डाक्टर छैनन्। बिरामीलाई डाइलासिस गर्दागर्दै वा अरु बेला र्गाहो परेमा अन्य फिजिसियन डाक्टरलाई देखाउँदै भगवानको नाम जप्ने बाहेकको विकल्प देखिदैन । एकदिन मेची हस्पिटलमा डाइलासिस गराउँदा गराउँदै स्वाँस्वाँ बढ्यो । डाइलासिस रोकेर इमर्जेन्सी भर्ना भइयो । त्यहाँ अवस्था नाजुक बन्दै गयो । अब आइसियुमा राखेर समेत उपचार सम्भव नहुने कुरा स्वास्थ्यकर्मीहरुले बताए । मलाई श्वास फेर्नै र्गाहो भइरहेको थिया । बिर्तामोड हस्पिटल जाने सल्लाह दिइयो । तर म त्यहाँसम्म पुग्न नसकिने अवस्थामा थिएँ । तैपनि पूरा अक्सिजन लगाएर एम्बुलेन्स तुफान दौडियो र बिएण्डसी हस्पिटल १० मिनेट भन्दा कम समयमा पुरायो । क कसले के के रिपोर्ट हेरेर इन्दिरालाई के सुनाए कुन्नि उनी रुँदै कति छोटो आयू लिएर आउनु भएको रहेछ भन्दै बिलाप गरिरहिन् । तर म बिस्तारै नर्मल हुँदै गएँ फोक्सोबाट २ लिटर पानी निकालियो । जे होस यसपटक नि बाच्न सकियो ।
मंसिरमा ललितुरको निदान हस्पिटल गइयो । भक्तपुरको सहिद धर्मभक्त ट्रान्सप्लान्ट शुरु भएर एउटा अपरेसन सफल भएको कुरा सुन्यौं र तेतै लाग्यौं । चेकअप पछि डोनरलाई प्रि ट्रान्सप्लान्ट चेकअप गर्न पठाउने गरि फर्कियौ ।
बुबा डोनर म बन्छु भन्नुहुन्छ तर उमेर ७१ बर्ष। मैले डोनरका रुपमा अनुरोध गर्न सक्ने अब २ जना बाँकी रहनुभयो आमा र इन्दिरा । दुबै जना स्विकार्नु पनि भयो। आमा प्रि चेकअप गर्न काठमाडौं जानू भयो। मंसिरदेखि फागुनसम्म चेकअपको ल्याङल्याङमै बिताइदिए १५ र १५ दिनमा चेकअप गराइरहे। अझै डाक्टरले निर्णय दिएनन्। बीचमा एकपटक इन्दिरा नि गइन , अहँ सकरात्मक रिपोर्ट नै आएन। झन तनाव बढ्यो ।आफैलाई धिक्कारी रहेँ।
सामाजिक विकास मन्त्रालय बिराटनगरका साथी मान बहादुर देवकोटा सर र दमकको साथी रोशनजीको सल्लाहमा आमाका केही रिपोर्ट दिल्ली पठाइयो । अपरेसन गर्न सकिन्छ भन्ने खबर आयो । नेपालमै अपरेसन भए खासै ठुलो खर्च नलाग्ने भएकाले आर्थिक सहयोग नलिने अडान लिएको मैले भारतमा खर्च ज्यादा लाग्ने र आफूलाई गाह्रो पर्न सक्ने भएको कुरा नगरपालिका र कोलेनिका हाकिमसाबलाई सुनाएपछि वहाँहरुले सस्थागत सहयोग गर्ने हुनुभयो । यता द्यब्त् घघ का सर गजेन्द्र भट्टराईले आर्थिक सहयोग गर्नका लागि अनुमति लिनुभयो । देवेन्द्र चापागाईं सर, र दिनेश शिवाकोटी सरले संयोजन समेत गर्नुभयो । झापाका विभिन्न पालिका तथा कार्यालयका साथीहरू, आर्थिक प्रशासन समूह, द्यब्त्घद्द लेखा समूह, द्यब्त्घघ का साथीहरु र अन्य साथीहरु र शुभचिन्तकहरुले आर्थिक सहयोग गर्नुभयो । नगरपालिका त मेरालागि अभिभावक नै बन्यो । संकलित रकम, केही ऋणपान र आफ्नै वचत रकम लिएर चैत १५ मा दिल्ली लागियो।
नोएडामा रहेको फोर्टिज हस्पिटलमा १० दिन भन्दा कम समयमै सबै प्रि चेकअप सकियो । नेपालबा कागजी काम सकिन ढिलो भयो तैपनि सबै डकुमेन्ट सकेर कमिटी बस्ने बेला मलाई नि कोरोना लाग्यो । करिब डेढ (एक र आधा) महिना त्यत्तिकै बिताउनु पर्यो । समय र पैसा खर्च गर्दै। त्यसबेला नेपालमा कोरोना धेरै होनाहर साथीहरू लाई लादै थियोे । कोरोना ठिक भएको कम्तिमा १५ दिनपछि कमिटीले निर्णय गर्यो र जेठ २२ गते अपरेसन गर्ने कुरा डाक्टरले बताउनुभयो ।
२०७८/२/२१ गते हस्पिटल भर्ना भइयो, २२ गते अपरेसन भयो । बेलुकी ६ः०० बजे मेरो होस खुल्दा म आइसियु क्याविनको बेडमा थिएँ । मेरो शरीर भित्र आमाको एउटा मृगौला आइसकेको थियो । अपरेसन राम्रो भएको रहेछ । खुशीको सीमा नै रहेन । आशा मरिसकेको जीवनमा दोस्रो जन्म पाइयो । अन्त्यमा सबैलाई धेरै धेरै धन्यवाद ।