लुकेर, ढुकेर ,
संसार सबै झुकेर ,
पैसा खान नमिल्ने ,
भोको पेट ,
आन्द्रा सबै सुकेर
बाच्नुपर्ने दिन आयो ।
बसेर , फसेर,
कुना कुना पसेर ,
अन्न फलाउने किसान त
जुत्ताको तलुवामुनी गन्थ्यौ,
जमिनमुनिकै आलु डसेर ,
पेटिले पेट कसेर
बाच्नुपर्ने दिन आयो ।
चाहेर, नचाहेर ,
ठुलै दुख पाएर ,
हिजोसम्म डाक्टर बोलाउथ्यौ,
आज आफै अस्पताल धाएर,
एकलै एक्लै छट्पट्टाएर ,
बाच्नुपर्ने दिन आयो ।
बारेर , हारेर ,
गहभरी आसु झारेर ,
आफ्नै परिवारको लाश हेर्न ,
आफैले मन मारेर ,
अफ्नै सन्तान पर सारेर ,
बाच्नुपर्ने दिन आयो ।
रोएर , कराएर ,
हरबखत डराएर ,
जताततै निस्पट ,
अन्धकार मन पराएर ,
त्यही पुरानो दियोमा ,
एउटा बाती जलाएर,
बाच्नुपर्ने दिन आयो ।
स्प्रे गरेर ,औषधि छरेर ,
भगवान भरोसा ,
लम्पसार परेर,
कसैको सोर्स फोर्स नलाग्ने,
आफ्नो जिवन बचाउन,
आफै लरेर ,
बाच्नुपर्ने दिन आयो ।