काँकरभिट्टा,जेठ २९ । झापाको काँकरभिट्टास्थीत बस टर्मिनल क्षेत्र नै साँघुरो हुने गरी नगरपालिकाले टहरा निर्माण गरेको भन्दै स्थानीय संघ संस्थाहरुले बिरोध जनाएका छन ।
मेचीनगर नगरपालिका वडा नंं ६ स्थीत नेपालको पुर्वी द्वारमा रहेको काकरभिट्टा बसपार्क क्षेत्र अतिक्रमण हुने गरी स्थानीय सरकार आफैंले सटर भाडामा लगाउने उद्देश्यराखी टहरा निर्माण गर्नु आपत्तीजनक भन्दै विभिन्न संंघ संस्थाले बिरोध जनाएका हुन ।
दर्जन बढी संस्थाहरुले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बसपार्क क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरा तत्काल हटाउन नगरपालिकासंग माग समेत गरेका छन । पासपार्क क्षेत्रमा सवारी पार्किङस्थल अभाव भइरहेको बेला काकारभिट्टा बसपार्कको पूर्वी मोहडाबाट प्रवेशद्वार दक्षिण पट्टिको खुल्ला क्षेत्रमा टहरा निर्माण सुरु गरेको भन्दै यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायी लगायतका १३ वटा संस्थाले आज एक विज्ञप्ती प्रकासित गरी विरोध र असहमति जनाएका हुन ।
बसपार्क अतिक्रमण हुनबाट बचाउन सबै सरोकारवाला पक्षसँग आव्हान गर्दै जारी गरिएको विज्ञप्तीमा पूर्व मेची वस व्यसायी प्रा।लिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पूर्व नेपाल यातायात व्यवसायी प्रा।लि।का अध्यक्ष केशव गिरी, सुनौलो संयुक्त यातायात व्यवसायीका अध्यक्ष भुपाल ओली, नागरिक यातायात प्रा।लिका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, सगरमाथा यातायात प्रा।लिका अध्यक्ष मेदनी खरेल, ट्राभल्स संघ झापाका अध्यक्ष नीरबहादुर कार्की, मेचीनगर होटल व्यवासयी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल), नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, मेचीनगर अटो एण्ड इ रिक्सा यातायात प्रालिका अध्यक्ष दावा तामाङ र मेची अञ्चल टेम्पु इरिक्सा यातायात प्रा।लिका अध्यक्ष गणेश चौहान, सुर्योदय यातायात प्रालीका अध्यक्ष किरण तामाङ, महेन्द्र राजमार्ग यातायता कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतम र सुनौलो संयुक्त यातायात ब्यवशायी प्रालीका अध्यक्ष भुपाल ओलीले हस्ताक्षर गर्नु भएको छ ।