गए रातिबाट शुरु युरोकप फुटबल प्रतियोगितामा आज साँझ र राति गरि जम्मा ३ खेलहरु हुदैछन् । नेपाली समयानुसार साँझ ६:४५ बजे युरोकपमा आफ्नो दोस्रो सहभागिता गर्दै वेल्स , स्विजरलेण्डसँग भिड्ने छ । यसैगरी दोस्रो खेलमा ९:४५ बजे १९९२ को युरो विजेता , पहिलो सहभागीता जनाउदै गरेको फिनल्यान्ड सँग प्रतिस्पर्धा गर्दै छ भने आजको तेस्रो खेलमा राति १२:४५ मा बेल्जियमले युरोको पहिलो संस्करण को विजेता रुसको सामना गर्दै छ ।
यस अघि गए राति सम्पन्न खेलमा इटलीले टर्कीलाई ३/० गोल अन्तरले हराउदै उत्कृष्ट शुरुवात गरेको छ । खेलको ५३ औं मिनेटमा विपक्षी खेलाडी मेरिह डेमिरलको आत्मघाति गोलको उपहारबाट अग्रता लिएको इटलीले ६६ औं मिनेटमा इम्वोइनको गोलबाट अग्रतालाई दोब्बर बनाउनसफल भएको थियो । यसैगरी खेलमा आफ्नो पकड बनाउदै खेलको ७९ औं मिनेटमा लोरेन्जो इनसाइनको थप गोलबाट इटलीले ३/० को जित निकालेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने इटलीका रक्षापङ्तिका खेलाडी लियोनार्दो स्टार अफ द म्याच घोषित भएका थिए ।
यता आजको पहिलो खेलमा आफ्नो पहिलो सहभागिता २०१६ को युरोकपमा चमत्कारिक खेल खेल्दै सेमिफाईनलसम्म पुग्न सफल वेल्सलाई स्विजरल्याण्डले पक्कै पनि कमजोर ठान्ने छैन ।अहिलेसम्ममा युरोकपमा राउण्ड अफ ज्ञट भन्दा माथि उक्लिन नसकेको स्विजरल्याण्ड आफ्नो पाचौ पटकको सहभागितालाई यादगार बनाउन चाहन्छ भने वेल्स गत संस्करणको लयलाई अझ माथि उकाल्ने प्रयासमा रहनेछ ।आर्सनलका मध्यक्रमका खेलाडी ग्रेनित छाका को कप्तानिमा रहेको स्विजरल्याण्डसँग केही उत्कृष्ट युवा खेलाडिहरु रहेकाछन् ।यता वेल्सबाट खेल्ने अधिकांस खेलाडिहरु युरोपका उत्कृष्ट क्लबहरुबाट खेल्ने गर्दछन् । त्यसैले पनि आजको यो खेलमा रियल मेड्रिटका फरवार्ड गेरेथ वेलेको कप्तानिमा उत्रने वेल्स सँग जुभेन्टसका एरोन रामसे, लिभरपुलका ह्यारि विल्सन र नेको विलियम्स, स्टोक सिटिका जोइ एलेन जस्ता खेलाडीहरु हेर्न लायक रहनेछन् ।
यसैगरी आजको दोस्रो खेल तथ्यांकिय हिसावले त्यति महत्त्वपूर्ण नहुने देखिए पनि आफ्नो पहिलो सहभागिता जनाउन लागिरहेको फिनल्यान्डलाई १९९२ को युरो विजेता डेनमार्कले कमजोर भन्ने ठान्ने छैन । अग्रपंक्तिका उत्कृष्ट खेलाडी, आफ्नो छनौट खेलहरुमा टिमले गरेको १६ गोल मध्ये १० गोल एक्लै गर्ने तिमा पुकिको कप्तानिमा मैदानमा उत्रने तयारीमा रहेको फिनल्यान्डसँग रोविन लोड ९ मध्यक्रम०, पल्स अराजुरि ९ रक्षा पंक्ति ० जस्ता खेलाडीहरुको उत्कृष्ट प्रदर्शन रहनेछ । यता डेनमार्क , मध्यक्रमका खेलाडि क्रिस्चियन एरिकसनको कप्तानिमा भेलेन्सियाका डेनियल वास [मध्यक्रम], वार्साका मार्टिन ब्रेथवाट [फरवार्ड], र लिसेस्टर सिटिका गोलरक्षक क्यासपर जस्ता नामि खेलाडीहरु लिएर मैदान उत्रने छ ।
यस्तै आज मध्य राति १२:४५ मा बेल्जियम र रुस बिच हुने खेल अझ बढी रोमान्चक हुने अनुमान लगाउन सकिन्छ । त्यति धेरै नाम चलेका खेलाडी नभए पनि घरेलु क्लबहरुमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडि हरुको साथ लिएर अर्टेन डिजुवाको कप्तानिमा रुस , युरोपियन प्रख्यात क्लबहरुबाट खेल्ने नामि खेलाडहरुले भरिएको बेल्जियमसँग भिड्न मैदानमा आउनेछ। उत्कृष्ट टिमको रुपमा हरेक प्रतियोगिताहरुमा आए पनि बेल्जियमले युरो को १९८० को संस्करणमा दोस्रो भए भन्दा माथिको नतिजा प्राप्त गर्न सकेको छैन। रियल मेड्रिटका इडेन हेजार्ड र मेनचेस्टर सिटिका केभिन दि ब्रुयान जस्ता मध्यक्रमका खेलाडिहरु घाईते भए पनि टि हेजार्ड, लुकाकु जस्ता खेलाडिहरुलाई मैदानमा उतार्ने सोचमा हुनेछ आज बेल्जियम ।